सकारात्मक सोचका साथ एकताबद्ध भएर सांस्कृतिक पर्व मनाउनु पर्ने : मुख्यमन्त्री शाक्य

बाग्मती खबर
२३ आश्विन २०७८, शनिबार १४:३८

हेटौंडा । शुक्रबार नेकपा एमाले मकवानपुरको आयोजनामा बिजया दशमी, शुभदिपावली, नेपाल सम्वत तथा छट पर्वका अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सस्कृति र परमपरा सबैको साझा पर्ब रहेको वताउनु भएको छ । नेकपा एमाले मकवानपुरको आयोजनामा बिजया दशमी, शुभदिपावली, नेपाल सम्वत तथा छट पर्वका अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दे उहाँले आउँदै गरेका चाडपर्ब राष्ट्रिय पर्ब रहेको वताउनुभयो ।

सकारात्मक सोचका साथ एकताबद्ध भएर सांस्कृतिक पर्व मनाउनु पर्ने मुख्यमन्त्री शाक्यको भनाई छ । विश्वमा मौलिक सस्कृतिहरु वर्तमान अवस्थामा हराउदै गईरहेको र नेपालमा रहेको मौलिक संस्कृतिले विश्वसामु चिनाउन सहयोग गरिरहेको साथै संस्कृतिलाई बचाईराख्नु पर्ने उहाँको भनाई छ ।

संस्कृतिका धरोहरहरुलाई बलियो वनाउनुपर्ने मुख्यमन्त्री शाक्यको भनाई । विभेदरहित नेपाल निर्माणमा लाग्नका लागि उहाँले आग्रह गर्नुभयो । संस्कृति र परमपरा भनेको कुनै समुदायले भन्दा पनि सबैले साझा पर्वको रुपमा मनाउनुपर्ने उहाँको भनाई छ । वर्तमान अवस्थामा पनि आफ्नो मौलिक संस्कृतिलाई नयाँ ढंगले अगाडी बढाउदै लैजानु पर्ने साथै रुपान्तरणका नयाँ सोचको विकास गर्दै लैजानु पर्ने मुख्यमन्त्री शाक्यको भनाई ।

नेपालीहरुको महान चाँडपर्वले सबैलाई शक्ति प्रदान गर्ने र जनताको बलिदानबाट लेराएको गणतन्त्रलाई बलियो बनाउने, शुसासन कायम गर्ने र देशलाई समृदि र विकासको बाटोमा सबै एकजुट भएर लाग्न जरुरी रहेको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको भनाई छ ।

नेकपा एमाले मकवानपुरको आयोजनामा बिजया दशमी, शुभदिपावली, नेपाल सम्वत तथा छट पर्वका अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै नेकपा एमाले मकवानपुरका अध्यक्ष बद्री लंसालले चाडपर्वहरुले सबैलाई शक्ति प्रदान गर्ने र रचनात्मक, र्सिजनात्मक, मितव्य, भावनात्मक रुपले एकटुट हुदै अगाडी बढ्नु पर्ने बताउनु भएको छ ।

कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, मकवानपुरबाट प्रतिनिधित्व गर्ने संघीय तथा प्रदेशका सांसदहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, बिभीन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो । एमाले मकवानपुरका अध्यक्ष बद्री लंसालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।