प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन पूर्व प्रधानन्यायाधीशको अपील

बाग्मती खबर
२३ आश्विन २०७८, शनिबार १३:५२

हेटौंडा । प्रधानन्यायाधीश, मन्त्रिपरिषद् विस्तारमा भागबण्डा खोजेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई तत्काल महाअभियोग लगाउनुपर्ने आवाज उठेको छ ।
शक्ति पृथकीकरणको सिद्धान्त विपरीत प्रधानन्यायाधीशले न्यायसम्पादनमा लेनदेन गरेर सत्ता साझेदारीमा भागबण्डा लिएको भन्दै उनी विरुद्ध तत्काल महाअभियोग लगाउनु पर्ने टिप्पणी सार्वजनिक हुन थालेको हो ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले राणा विरुद्ध महाअभियोगको अपील गरेका हुन् । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एकछिन पनि ढिला नगरी संसदमा महाअभियोग दर्ता गरिहाल्नु पर्नेमा जोड दिएका छन् । पराजुलीले भनेका छन्, ‘न्यायालयमा देखिएको विचलन रोक्न ढिला भैइसकेको छ, संसदले ध्यानदिनुपर्ने कुरा हो ।’