बागमती प्रदेश मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा पेश

बाग्मती खबर
२३ आश्विन २०७८, शनिबार १४:२१

हेटौंडा । नेकपा एमालेमा राजनितिक उत्तार चडाब आएर पार्टी बिभाजन अर्थात नेपाल नेतृत्वको नेकपा एस गठन भई ओली सरकार ढलेर गठबन्धनको सरकार निर्माण भएसँगै बागमती प्रदेश सरकारमा पनी त्यसको असर देखिएको छ । डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै एमालेकै नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् । पार्टी बैधानिक रुपमै फुटेपछि एमालेमै रहने निर्णय गरेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिईन् ।

आफु मुख्यमन्त्री हुने बित्तिकै मन्त्रिपरिषद विस्तार गरी उनले २ मन्त्री नियुक्त गरेकी थिइन् । तर तिनै मन्त्रीले एमाले छाडेपछि उनलाई झट्का लागेको थियो । दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गरी सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिईएका कृष्णप्रसाद खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा गएपछि अष्टलक्ष्मी नेतृत्वको बागमती प्रदेश सरकार अल्पमतमा परेको थियो। शाक्यले प्रदेश मुख्यमन्त्री पदमा रहन विश्वासको मत लिनुपर्ने भएपछि प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेकी छन् ।

शाक्यलाई विश्वासको मत लिन प्रदेश सरकारले असोज २४ गते प्रदेशसभा अधिवेशन आह्वान गर्न सिफारिस गरेपछी मुख्यमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव शुक्रबार उनका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्याल मार्फत प्रदेशसभाका सचिव कृष्णहरि खड्कालाई बुझाएकी हुन् ।

उनले आफ्नो दल नेकपा एमाले विभाजन भएकाले संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत प्राप्त गर्न सूचना गरेको उल्लेख गरेकी छिन् ।