दशैं भरकालागि मात्र शाक्यलाई मुख्यमन्त्री पद छाडेका हौँ : राजेन्द्र पाण्डे

बाग्मती खबर
२४ आश्विन २०७८, आईतवार १९:११

हेटौंडा । एकिकृत समाजवादीका बागमती संसदीय दलका नेता राजेन्द्र पाण्डेले कार्तिक ४ गते मुख्य मन्त्री शाक्यले विस्वासको मत नपाएपछि ५ गतेनै प्रदेश सरकार परिबर्तन हुने बताउनुभयो । केन्द्रमाभएको निणर्य अनुसार आफुले मुख्य मन्त्री पाउने उहाँले दावी गर्नुभयो ।

भावीमुख्यमन्त्रीमा कांग्रेस र एकिकृत समाजवादी दुवैले दावी गरिरहेका छन् । कंग्रेस संसदिय दलले पनि इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । यता राजेद्र पाण्डेको पनि आफ्नो दावी छँदैछ । तत्काल मुख्यमन्त्री परिवर्तनको विषयमा गठबन्धनमा पनि विवाद भएको हो ? भन्ने प्रश्नमा पाण्डेले गठबन्धको कारण नभई एमालेकै आग्रहमा दशैँ अगाडी मुख्यमन्त्री परिवर्तन नगरिएको बताउनुभयो । मुख्यमन्त्री शाक्यलाई दशै रमाइलो सँग मनाउनुको लागी समय दिइएको उहाँको ब्यङ्ग्य छ ।

इन्द्रबहादुर बानियाँको कारण बैठक स्थिगित गरीएको नभई सरकारमा बसेका मान्छेहरु, अझ स्वयं अष्टलक्ष्मिले विधि प्रकृयामा जाने राजिनामा नगर्ने अडान लिएपछी साथै उहाँको प्रमुख सचेतकले शाक्य मन्त्री पदमा रहेको एक महिना मात्रै भएको र महानचाँड दशै समेत नजिकिएको कारण केहिदिन माईति माओला जाउन समेत भनेर गुनासो पोखेको कारण आफुहरुले केहि दिनकोलागी शाक्यलाई मुख्यमन्त्री पद छाडेको बताएका छन् ।