श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

बाग्मती खबर
३ कार्तिक २०७८, बुधबार १३:११

सल्यान। ४२ वर्षीया श्रीमती हत्‍या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कुमाख गाउँपालिका-५ तिमिले बस्ने ४७ वर्षीय कबिराम खड्का रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यान र ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीलेउनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको कारण मादक पदार्थ सेवन गरी कबिरामले आफ्नै श्रीमतीलाई धारिलो हतियार (बसुलो) प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान प्रहरीले जनाएको छ ।