भारतीय मन्त्री सहित बाबा रामदेव मंसिर ३ मा काठमाडौँ आउँदै

बाग्मती खबर
२४ कार्तिक २०७८, बुधबार १२:३६

काठमाडौं । भारतका योगगुरू बाबा रामदेव काठमाडौं आउने हुनुभएको छ । पतंजलि योगपीठका योगऋषि रामदेवको टोली ३ मंसिरमा काठमाडौं आउन लागेको हो ।

 

रामदेवसँगै भारतका यातायात मन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौं आउने कार्यक्रम तय भएको भारतीय दूतावासले जनाएको छ ।