मकवानपुरको भिमफेदीमा स्वास्थ्य मन्त्रालयको गाडी दुर्घटना,३ जना सामान्य घाईते

बाग्मती खबर
२६ कार्तिक २०७८, शुक्रबार १३:५५

हेटौंडा । काठमाडौबाट हेटौंडा आउँदै गरेको सरकारी गाडी मकवानपुरको भिमफेदीमा दुर्घटना भएको छ । शुक्रबार विहान ८:३० बजे स्वास्थ्य मन्त्रालयको बा २ झ ४३४२ नम्बरको गाडी भिमफेदी स्थित चिसापानी पुल नजिकै दुर्घटनामा परको हो ।

सडकबाट अन्दाजी १५ फिट तल खसेको गाडीमा सवार ३ जना घाइते भएका छन् ।उक्त सवारी साधन आफै अनियन्त्रीत भई दुर्घटना भएको र घाईते ३ जनाकै अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाईते तिन जना सामान्य उपचार पछि डिस्चार्ज भएका छन् ।संघिय सरकारको स्वास्थ्य मन्त्रालयको सवारी हेटौंडा किन आयो भन्ने बारे केहि पनि नखुलेको र दुर्घटनाग्रस्त उक्त गाडी भीमफेदी प्रहरीको नियन्त्रणमा रहेको छ ।