फरेष्टिको झाडीमा फेला परेको सवको सनाखत हुन सकेन

बाग्मती खबर
३० कार्तिक २०७८, मंगलवार १३:२८

हेटौँडा । हेटौँडा  १० फरेष्टी स्थित बाटो छेउ झाडीमा सोमबार एक जना पुरुष पुरुषको शव फेला परेपछि शवको पहिचान हुन नसकेपछि मकवानपुर प्रहरीले मंगलबार मृतकको तस्बिर सार्वजनिक गरेको छ। अन्दाजी ३५/४० बर्षको पुरुष शव फेला परेको प्रहरीले जनाएको छ । मृत लास घोप्टो अवस्थामा फेला परेको थियो । घटनाको खवर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थालमा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, मृतकको हुलिया गहुँ गोरो, झट्ट हेर्दा मंगोलियन अनुहार, कपाल छोटो कालो, जुगाँ र हल्का दाह्री भएको,अंन्दाजी ५ फिट ४ ईन्च उचाई भएको, निलो,खैरो, रातो हुकको एडीडस छातीमा लेखेको, कालो कपडाको पाईन्ट, अगाडी प्रिन्टेट भएको कालो रङको टिसर्ट र बेल्ट लगाएको पुरुष मृत अवस्थामा भेट्टीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्‍वर रिमालले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भईरहेको छ । साथै मृतक लाश जो कोहि चिन्नुहुने माहानुभावले नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनु हुन जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुरोेध गरेको छ ।