मकवानपुरमा बोलेरोको ठक्करबाट रघुनाथ श्रेष्ठको मृत्यु

बाग्मती खबर
९ मंसिर २०७८, बिहीबार १३:२६

हेटौंडा ।  बोलेरोको ठक्करबाट एकको मृत्यु भएको छ । बागमती प्रदेश ०३–००१ च १३७५ नंबरको बोलेरोको ठक्करबाट मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नंबर ६ निवासी अन्दाजी ४४ वर्षीय रघुनाथ श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका वडा नंबर २ मा भण्डाराबाट लोथरतर्फ जाँदै गरेको बोलेरोले श्रेष्ठलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने बोलेरो प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार भएका छन् । दुर्घटना पछि स्थानीयहरुले सडक अबरुद्ध गरेका थिए।