राष्ट्रिय क्योकुशिन कराते प्रतियोगीतामा मकवानपुर मनहरीका प्रजा रजत पदक सहित सम्मानीत

बाग्मती खबर
१९ मंसिर २०७८, आईतवार ११:१३

 

राष्ट्रिय क्योकुशिन खुल्ला कराते प्रतियोगीतामा मकवानपुर मनहरीका रोहन प्रजा रजत पदक सहित सम्मानीत भएका छन् । काभ्रे जील्ला बनेपा नगरपालीका वडा न ४ नालामा आयोजीत दोस्रो पुरुष तथा महिला राष्ट्रिय क्योकुशिन खुल्ला कराते प्रतियोगीतामा मनहरी ७ निवासी प्रजा रजत पदक सहित सम्मानीत भएका हुन् ।

४५ जिल्लाका १८० जना खेलाडि सहभागी भएको उक्त प्रतियोगीतामा प्रजा दोस्रो हुन सफल भएका थिए । उनलाई रजत पदक , प्रमाणपत्र र नगर रु ३ हजार सहित पुर्व सुचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाको हातबाट सम्मानीत गरीएको थियो ।

मकवानपुर जिल्ला बाट प्रतिनिधीत्व गर्ने खेलाडि दोस्रो हुन सफल भएकोमा आफु गौरवान्वीत भएको नेपाल क्योकुशिन कराते (इको) मकवानपुर मनहरी शाखा प्रमुख लवाङ दोर्जे लामाले बताउनुभयो ।

नगर प्रमुख लक्ष्मीनरसिंह श्रेष्ठले उद्घाटन गर्नु भएको उक्त प्रतियोगीताको समापन पुर्व सुचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले गर्नु भएको हो ।