पत्रकार अधिकारीको ‘मकवानपुरमा मिडिया’ पुस्तक विमोचन

बाग्मती खबर
२३ मंसिर २०७८, बिहीबार १४:४२

मकवानपुरमा मिडिया नामक पुस्तक विमोचन गरिएको छ । विहीबार एक कार्यक्रमको आयोजना गर्दै बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माको प्रमुख अतिथ्यतामा सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश सभा सदस्य मुनु सिग्देल लगायतले पुस्तकको विमोचन गरेका थिए ।

राइनिसी मिडिया एण्ड रिसर्च सेन्टरले प्रकाशनमा ल्याएको मकवानपुरमा मिडिया नामक पुस्तक मकवानपुरका पत्रकार गिरिजा अधिकारीले लेखेका हुन् । मकवानपुरमा भएको मिडियाको इतिहास र वर्तमान सँगै पछिल्लो समयमा भएको डिजिटल मिडियाको विषयलाई समेत समेटि पुस्तक तयार पारिएको छ ।

विमोचन कार्यक्रममा अग्रज पत्रकार रामचन्द्र फुर्सदीले पुस्तक र लेखक अधिकारीबारे चर्चा गरेका थिए । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, प्रदेश सभा सदस्य मुनु सिग्देल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान लगायतले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष बद्रीप्रसाद लम्साल, नेपाली कांग्रेसका प्रवक्ता प्रदीप कोइराला, नेकपा माओवादीका प्रचारप्रसार विभाग प्रमुख कमानसिं पाख्रिन, नेकपा९एस०का अध्यक्ष श्रधिर पोखरेल, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, युवा परिषद् बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, अग्रज पत्रकार तथा मकवानपुरका विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रम राइनिसी मिडिया एण्ड रिसर्च सेन्टरका प्रमुख नवराज न्यौपानेको अध्यक्षतामा भएको थियो ।