उद्योगसंघ मकवानपुरमा नयाँ नेतृत्व,अध्यक्षमा प्याकुरेल

बाग्मती खबर
२६ पुष २०७८, सोमबार २१:१७

मकवानपुर । उद्योगसंघ मकवानपुरको २० औँ साधरण सभाले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको छ । सोमबार हेटौंडामा भएको साधारण सभाले स्वागत राज प्याकुरेलको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा बद्रीनाथ शर्मा,द्वितिय उपाध्यक्षमा श्रीहरी मास्के,महासचिव किशोर अर्याल,सचिव सुयश राज पराजुली,कोषाध्यक्ष श्याम ढकाल,सहकोषाध्यक्ष बुद्धराज अर्याल चयन भएका छन् । यस्तै सदस्यहरु सबिता पौडेल, सविना सिटौला,हरिहर अर्याल, दिवश चौलागाई,शिरमणी प्याकुरेल,सम्राट सिंह,सृजन कोइराला,शरदचन्द्र भट्टराई र नितिन जयन चयन भएका छन् ।