धादिङको रुबीभ्यालीमा पहिरोमा पुरिएर तीनजना बेपत्ता, उद्धारका लागि सुरक्षाकर्मीको टोली प्रस्थान

बाग्मती खबर
२९ पुष २०७८, बिहीबार १२:१०

काठमाडौं। धादिङको रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित पुरिएर तीनजना बेपत्ता भएका छन्।

माथिबाट सुख्खा पहिरो खस्दा डोजरसमेत पुरिएको र तीनजना बेपत्ता रहेको जानकारी आएको धादिङका प्रहरी प्रमुख, एसपी राकेश सिंहले जानकारी दिए। ‘तीनजना बेपत्ता भएको अहिलेसम्म जानकारी आएको छ। त्यहाँ सदरमुकामबाट सुरक्षाकर्मीको टोली हेलिकोप्टरमा गएको छ,’ एसपी सिंहले भने, ‘स्थानीय प्रहरी चौकीबाट भने असईको कमाण्डमा टोली खटिसकेको छ।’ एसपी सिंहका अनुसार पहिरोमा बेपत्ता हुनेहरुमा चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ रहेका छन्। बाटो खन्ने ठाउँबाट डोजर करिब १५० मिटर तल खसेर पुरिएको अवस्था छ।

घटनास्थल गणेश हिमालको नजिकैको स्थान हो। सदरमुकामदेखि घटनास्थल पुग्न स्थलमार्गमार्फत् करिब ५/६ घण्टा लाग्ने प्रहरीले जनाएको छ