बाल सञ्जालको समस्या आउँदो कार्यपालीका बैठकद्धारा अनुमोदन गरीने : अध्यक्ष उप्रेती

मनहरी गाउँपालीका अध्यक्ष एकराज उप्रेतीले बाल सञ्जालको समस्या आउँदो कार्यपालीका वैठकले अनुमोदन गर्ने बताएका छन् । शुक्रबार अध्यक्ष उप्रेती र बाल सञ्जालका सहजकर्ताहरुबिच भएको वैठकले उक्त निष्कर्ष निकालेको हो । पुष २७ गते बसेको कार्यपालीका वैठकले बाल सञ्जाल मनहरीका सहजकर्ताहरु माघ १ गतेबाट वर्खास्त गर्ने निर्णय गरेको थियो । त्यसयता सहजकर्ताहरु आन्दोलीत हुँदै आएका छन् ।
माघ ४ गते गाउँपालीकाको महिला तथा बालबालीका शाखामा तालावन्दि गरेका सहजकर्ताहरुले ५ गते प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा ताल्चा लगाएका हुन् । माघ १ गते यता विभीन्न राजनैतीक दलहरुलाई ज्ञापन पत्र समेत बुझाएका हुन् ।