प्राङ्कस्टर आकाश सेडाई पक्राउ

काठमाडौँ — नेपाल प्रहरीको साइबर ब्यूरोले सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा तथा प्र्यांक गरेर सर्वसाधारण व्यक्तिहरुलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिएको आरोपमा आकाश सेडाईलाई पक्राउ गरेको छ ।
युट्युबमा च्यानल खोलेर गोप्य रुपमा प्र्यांक गरेको भिडियो खिचेर अपलोड गरेको भन्दै साइबर अपराध ब्यूरोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइ सेडाईलाई पक्राउ गरेर सात दिनको म्याद थप समेत गरेको छ ।