सिटीलाई स्तब्ध बनाउँदै रियलम्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

स्पेनिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्ध उत्कृष्ट पुनारगमन गर्दै रियलले फाइनलमा लिभरपुलसँगको भेट पक्का गरेको हो।
पहिलो लेगमा ४–३ गोलको अग्रता बनाएको सिटीले दोस्रो लेगमा ३–१ गोलले पराजित हुन पुग्यो।
समग्रमा रियल ६–५ गोल अन्तरका साथ फाइनलमा पुगेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३ औँ मिनेटमा रियाद महारेजले गोल गरेपछि इंग्लिस क्लब सिटीले अग्रता दिलाएको थियो।
तर, दोस्रो हाफको निर्धारित समयको अन्तिम मिनेटमा रोड्रिगोले करिम बेन्जिमाको पासमा गोल गरेपछि रियलले १–१ को बराबरी गरेको थियो।
लगत्तै उनै बेन्जिमाले मार्को असेन्सियोको पासमा अर्को गोल गरेपछि खेल समग्रमा पनि बराबर भएको थियो।
त्यसपछि अतिरिक्त समयमा रियलका लागि करिम बेन्जिमा नायक बने।
उनले ९५ औं मिनेटमा रियलले पाएको पेनाल्टीलाई सहजै गोलमा परीणत गरेका थिए।
रुबेन डियासले करिम बेन्जेमालाई लडाएपछि रियलले पेनाल्टी पाएको थियो थियो।