१३ औं सागको स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत फेला

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाएकी भारत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छन् ।
ललितपुरको लुभुमा बस्दै आएकी सन्जु मंगलबार बिहान मृत भेटिएको नेपाल भारोत्तोलन संघका एक पदाधिकारीले पुष्टि गरे । घटनाको पूरा विवरण खुल्न बाँकी रहेका कारण उनको मृत्युबारे थप जानकारी अहिले गराउन नसकिने श्रोतले जनाएको छ । बाँकेको नेपालगञ्ज निवासी सन्जु १९ औं एसियन गेम्सको तयारी गरिरहेकी थिइन् ।
सन् २०१९ मा नेपालले आयोजना गरेको १३ औं सागमा सञ्जुले नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।