मकवानपुरमा निर्वाचनको तयारी तिब्र,मतगणना स्थलमा तारबार

हेटौँडा। स्थानीय तह निर्वाचनको लागि मकवानपुरमा तयारी तिब्र पारिएको छ । जिल्लाभरको मतदान केन्द्रहरुमा मतगणना स्थलन पनि निर्माण भएका छन् । यो पटक मतगणना स्थाललाई तारजालीले घेरिएको छ भने सिसिटिभि पनि जडान गरिएको छ ।
जिल्लाभरको १० स्थानीय तहमा १ सय ६५ मतदान स्थलमा ३५६ मतदान केन्द्रहरु निर्माण गरिएको छ । सबै मतदान केन्द्रमा बैशाख २७ गतेनै कर्मचारीहरु पुगेर काम सुरु गरिसकेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए । उनको अनुसार जिल्लाको सबै स्थानीय तह र मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्न आवश्यक सबै सामग्री पुगिसकेका छन् ।
१ हजार ७ सय ७२ कर्मचारीहरु मतदान केन्द्रमा खटिएको उनले बताए । जिल्लाभर ३ हजार २ सय सुरक्षाकर्मी परिचालन भएका छन् । सुरक्षा ब्यवस्थालाई कडा तथा ब्यवस्थित पारिएको मकवानपुरका प्रहरी प्रमुख भरतमणी पाण्डेले बताए ।