संसदीय चुनावमा मकवानपुरबाट प्रत्यक्ष चुनाव लड्ने कमल थापाको घोषणा (भिडियो सहित)

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी संसदीय निर्वाचनमा मकवानपुरबाट निर्वाचन लड्ने बताएका छन् ।
बागमती प्रदेशको राजधानी हेटौँडाबाट सन्चालीत नेशनल गोल्ड टेलिभिजनको कार्यक्रम नेशनल टल्कमा कुरा गर्दै थापाले मकवानपुरबाट प्रत्यक्ष निर्वाचन लड्ने बताएका हुन् ।आगामी निर्वाचनमा सुर्य चिन्ह लिएर चुनाव उठ्ने हो भन्ने प्रश्नमा थापाले
राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउनका लागी आफ्नै चुनाव चिन्ह चाहीने भएकाले अरुको चुनाव चिन्ह नलिने बताए ।
साथै उनले राप्रपा नेपालको यस अघिको चुनाव चिन्ह गाई पुन: माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको र सकेसम्म गाई र नभए अहिलेको चुनाव चिन्ह तिर लिएर चुनावमा होमीने बताएका हुन् ।
हेर्नुहोस् भिडियो…