आजबाट मकवानपुरमा पाँचदेखि १२ वर्षका बालबालिकालाई फाइजरको खोप लगाइदै

हेटौंडा। मकवानपुर सहित सात प्रदेशका २७ जिल्लाका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ।
पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई खोप लगाउन लागिएको हो । मकवानपुरमा ५ देखि १२ वर्षसम्मका ६१ हजार ७५ बालबालिकालाई कोरोनाभाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन लागिएको हो। विद्यालयमा नै गएर बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
आजदेखि सुरु गरिने खोप अभियानमा जिल्लाभरका ३ सय ९० स्वास्थ्यकर्मी परिचालन हुने कार्यालयले जनाएको छ ।