मकवानपुर उद्योग वाणिज्य संघको तीनदिने भ्रमण सम्पन्न :(फोटो फिचर)

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको तीनदिने सिन्धुली, रामेछाप र दोलखा भ्रमण कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यसहित संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा संघका सल्लाहकार, पदाधिकारी, सदस्य, कर्मचारी तथा पत्रकारहरुको सहभागितामा सिन्धुली, सिन्धुलीगढी, चरिकोट, दोलखाको कालिञ्चोक भगवती मन्दिर, दोलखा भीमसेन मन्दिर, जिरी र रामेछापमा भ्रमण र छलफल कार्यक्रम सम्पन्न भएको हो ।
भाद्र २४ गते सिन्धुली उद्योग वाणिज्य संघले मकवानपुर उद्योग वाणिज्य संघको २७ सदस्यीय भ्रमण टोलीलाई सिन्धुलीमा स्वागत तथा छलफल कार्यक्रम गरिएको थियो । छलफल कार्यक्रममा सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले सिन्धुली उद्योग वाणिज्य संघको गतिविधि र सिन्धुली जिल्लाको बारेमा बताउनु भएको थियो ।
उहा“ले २०७९ पौष ८ गतेदेखि १८ गतेसम्म सिन्धुलीमा मेला आयोजना गर्ने बताउनु भयो । सिन्धुलीमा हालसम्म १३ वटा बस्तुगत संघहरु आवद्ध भएको उहा“को भनाई थियो । छलफलमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले संघको स्थापनादेखि संघका विभिन्न गतिविधि र जिल्लाको पर्यटकीय क्षेत्रको बारेमा चर्चा गर्नुभएको थियो ।
छलफलमा मकवानपुर उद्योग वाणिज्य संघका सल्लाहकार उत्तम प्रसाद शर्मा, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय उज्वल चौलागाई र राजु अधिकारी, कोषाध्यक्ष सन्तोष कुमार अर्यालले आफ्ना भनाई राख्नु भएको थियो भने सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विरवल चौधरी र महासचिव रामकुमार राजभण्डारीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सिन्धुली उद्योग वाणिज्य संघका उपाध्यक्षहरु राधा खड्का, वासु प्रसाद भेटवाल, रामभक्त श्रेष्ठ, कोषाध्यक्ष कुल बहादुर थापालगायत पदाधिकारी, सदस्य तथा महिला उद्यमीहरुलगायतको सहभागिता रहेको थियो ।
भाद्र २५ गते कालिञ्चोक भगवती र भिमसेन मन्दिरको दर्शनपश्चात दोलखा उद्योग वाणिज्य संघले भ्रमण टोलीलाई चरिकोटमा स्वागत गरेको थियो । स्वागतपश्चातको छलफल कार्यक्रममा दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठले मन्तव्य राख्नु भएको थियो । त्यसैगरी दोलखा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामेश्वर मानन्धरले मन्तव्य राख्नुभएको थियो ।उहाँले दोलखाको उत्पादनहरुको लेबलिड्ड, प्याकेजिड्ड र बजारिकरणको आवश्यक्ता रहेको औल्याउनु भएको थियो । कोसेली घरको ब्राण्डिड्ड नेपाल उद्योग वाणिज्य महासंघले गर्नुपर्ने उहाँको भनाई थियो ।
नेपालमा किवीको सुरुवात दोलखाबाट २०४३ सालमा भएको उहाँले बताउनु भयो । त्यसैगरी नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष दीपशंकर चौलागाईले २०७२ को महाभूकम्पले दोलखा चिराचिरा परेको, धनजनको क्षति भई आक्रान्त हुन पुगेको स्मरण गर्नुहु“दै हाल त्यो अवस्थाबाट दोलखा माथि उठेको बताउनु भयो । विगतमा होटलहरुको अभावले पर्यटनमा समस्या परिरहेकोमा हाल पर्याप्त होटलहरु रहेको उहाँको भनाई थियो । हाईड्रो पावरमा दोलखा अग्रणी जिल्ला रहेको पनि उहाँले बताउनु भयो । आलुको बिऊ उत्पादक जगत बहादुर श्रेष्ठले दोलखा भगवान शिव र ऋषिहरुको तपोभूमि रहेको बताउनु भयो ।
उहाँले रातो र सेतो आलुको बिऊ उत्पादन गरिरहेको, आलुलाई निश्चित आकार र रंग निर्धारण गरी उत्पादन गर्न सकिने र देशलाई आलुमा आत्मनिर्भर बनाउन सकिने बताउनु भयो । त्यसैगरी मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले स्वागत तथा आतिथ्यताको लागि धन्यवाद ज्ञापन गर्नुहु“दै संघको गतिविधि बारे बताउनु भएको थियो । कार्यक्रममा दोलखा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष दिनेश थापा, द्वितिय उपाध्यक्ष सनत थापालगायत अन्य पदाधिकारी तथा सदस्यहरु र मकवानपुर उद्योग वाणिज्य संघको भ्रमण टोलीको उपस्थिति रहेको थियो ।
भाद्र २६ गते बिहान जिरी उद्योग वाणिज्य संघमा छलफल कार्यक्रम गरिएको थियो । जिरी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष बावुराज श्रेष्ठले एक कार्यक्रम आयोजना गरी भ्रमण टोलीलाई जिरीमा स्वागत गर्नुभएको थियो । उक्त कार्यक्रममा जिरी उद्योग वाणिज्य संघ भर्खरै स्थापना भएकोले धेरै कामहरु गर्न बाकी रहेको र मकवानपुर उद्योग वाणिज्य संघको टोली पर्यटकीय नगर जिरीमा भ्रमणको लागि आउनुले खुशी तुल्याएको बताउनु भएको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता र जिरी उद्योग वाणिज्य संघका महासचिव देवलाल श्रेष्ठले आफ्ना भनाई राख्नु भएको थियो । जिरी उद्योग वाणिज्य संघका उपाध्यक्ष रमेश बस्नेत, सचिव दिपक कार्कीलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
त्यसैगरी मकवानपुर उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई रामेछाप उद्योग वाणिज्य संघको तर्फबाट मन्थलीमा स्वागतसहित छलफल कार्यक्रम गरिएको थियो । कार्यक्रममा मन्तव्य राख्नुहु“दै रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरेले संघको स्थापनादेखि विभिन्न क्रियाकलापहरु बारे बताउनु भएको थियो । उहाँले रामेछाप, सडक सञ्जालसंग जोडिएको भएपनि १६ दशमलब २ टन भन्दा माथिको मालवाहक गाडीहरु उक्त सडकमा चल्न नपाइने, हाइड्रोबाहेक ठूला उद्योगहरु स्थापना नभएको, कृषि तर्फ अदुवा, जुनार, आलु, अलैंची, खुर्पानी, जडिबुटीलगायत उत्पादन हुने र केहीको प्रशोधन उद्योगहरु रहेको बताउनु भयो । खशीबाख्रा र बंगुरपालन रामेछापमा हुनेगरेको उहाँले बताउनु भयो ।
त्यसैगरी मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले संघको गतिविधि बारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवालले मन्तव्य राख्नुहुदै कोरियन कृषि प्रविधि नेपाल भित्रायाउन प्रयासरत रहेको, भ्रमणले ज्ञान र अनुभव बढाउने, उद्योग स्थापना गर्न धेरै परिस्थितिहरु मिल्नुपर्ने आदि बताउनु भएको थियो ।
कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका सल्लाहकार जगन्नाथ दहालले रामेछापबाट लुक्ला हवाईयात्रा गर्न सकिने, मध्यपहाडी लोकमार्ग बनेमा रामेछापलाई सहज हुने, सुरुङमार्ग बनेमा यात्रा अत्यन्त सहज हुने, पानीको अभाव रहेकोले १हजार मिटरसम्म माथि पानी लगि उपभोग गर्नुपरेको र रामेछापमा फलाम र चुन खानी रहेको उहा“ले बताउनु भयो । रामेछापका कार्यकारी अधिकृत नविन केसीले रामेछापका उद्योगी/व्यवसायीहरु नापतौल यन्त्र दर्ता तथा नविकरण गर्न जनकपुर जानुपर्ने बाध्यता रहेको र उद्योग वाणिज्य संघहरुलाई बलियो बनाउनुपर्ने आवश्यक्ता रहेको बताउनु भएको थियो । कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नारायण दास श्रेष्ठलगायत सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।