मकवानपुर बस दुर्घटना अप्डेट : मृत्यु हुनेको संख्या ७ पुग्यो

हटौंडा। मकवानपुरमा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात पुगेको छ ।
भीमफेदी गाउँपालिका ६ को जुरिखेतमा काठमाडौंबाट हटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुई काखे बच्चासहित ३२ जना बसमा सवार रहेको घटनास्थलमा रहेका मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले शिलापत्रलाई जानकारी दिए ।
अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घाइतेलाई हटौँडा लगिएको छ ।