सालको काठसहित हेटौंडाका तीन जना पक्राउ

हेटौंडा। मकवानपुर प्रहरीले अवैध सालकको काठसहित मंगलबार दिउँसो तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं.१६ शक्तिश्वरबाट ३८ दशमलव २५ क्यु फिट सालको चिरान काठसहित तीन पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा स्थानीय ५५ वर्षीय बालकृष्ण चौलागाईँ, ३८ वर्षीय नेत्रबहादुर मगर र ५३ वर्षीय धनबहादुर पुलामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, अस्थानी प्रहरी पोष्ट हटियाबाट खटिएको टोलीले मंगलबार दिउँसो पौने १ बजेको समयमा बालकृष्णको घर नजिकै बारीमा काठ काटिरहेको अवस्थामा उनीसहित नेत्र र धन बहादुरलाई पक्राउ गरेको हो ।
बालकृष्णको घर नजिकै बारीबाट सालको चिरान काठ र गोलाई २५ दशमलव २८ क्यु फिट र उनको घरबाट १२ दशमलव ९७ क्यु फिट काठ बरामद गरिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
बरामद उक्त काठ र पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबार्हीको लागि सब डिभिजन वन कार्यालय हर्नामाडी, मकवानपुरमा पठाईएको छ ।