नेपाल टि-२० विश्वकपमा छनाेट, युएई ८ विकेटले पराजित

काठमाडौं । नेपाल आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त आयोजना गर्ने आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ । एसियाली छनोटमा शुक्रबार यूएईलाई हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो ।
नेपालले सन् २०१४ मा पहिलो र अन्तिम पटक टी-२० विश्वकप खेलेको थियो । नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म खेलेको यही एकमात्र विश्वकप हो ।
आगामी टी-२० विश्वकप जुन ३ देखि ३० तारिखसम्म आयोजना हुँदैछ । प्रतियोगितामा १२ टेस्ट र ८ एसोसिएट टोली सहभागी हुनेछन् ।
मूलपानी क्रिकेट मैदानमा भएको एसियाली छनोटको सेमिफाइनलमा नेपालले यूएईविरुद्ध शानदार बलिङ गर्दै जीतको आधार तयार गरेको थियो । टस जितेर ब्याटिङ थालेको यूएईले केवल १३५ रनको लक्ष्य दिएको थियो ।
नेपाली स्पीनरहरुले कसिलो बलिङ गरे । नेपालका कुशल मल्लले ३ र सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र रोहित पौडेलले एकएक विकेट लिए । सन्दीपले चार ओभरमा एक मेडन राख्दै १४ रनमात्र खर्चिए । कुशल मल्लले ३ ओभरमा ११ रन खर्चिए ।
यूएईले उत्कृष्ट सुरुवात गरेको थियो । सुरुका तीन ओभरमा विकेट नगुमाई २९ रन जोडेको यूएईले त्यसपछि एक रनको अन्तरमा दुवै ओपनरलाई गुमाएको थियो । त्यसपछि नेपाली स्पीनरहरुले यूएईका ब्याट्सम्यानहरुलाई लगातार दबाबमा राखेका थिए ।
समूहगत चरणका सबै खेल जितेर यूएई सेमिफाइनल पुगेको थियो । सुरुका दुई खेल जित्दै सेमिफाइनलमा स्थान बनाएको नेपाल समूहको अन्तिम खेलमा भने बिहीबार ओमानसँग पराजित भएको थियो ।