७७ वटै जिल्लामा विपद्को पूर्वतयारी गर्न सरकारको निर्देशन

काठमाडौँ । सरकारले ७७ वटै जिल्लामा विपद्को पूर्वतयारी गर्न निर्देशन दिएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विपद् जुनसुकै बेला पनि आउन सक्ने भएकाले ७७ वटै जिल्लामा त्यसको आधारभूत पूर्वतयारी गरिराख्न निर्देशन दिएको हो ।
बैठकपछि बसेको विपद् जोखिम न्यूनिकरण तथा राष्ट्रिय व्यवस्थापन परिषद्को बैठकले देशैभरि विपद् व्यवस्थापनको अवस्थाबारे समीक्षा गर्दै ७७ वटै जिल्लामा विपद् व्यवस्थापन समितिहरुमार्फत् अत्यावश्यक पूर्वतयारी गर्न निर्देशन दिएको हो ।
‘देशभरि नै जुनसुकै बेला विपद् आउन सक्ने जोखिम रहेको यथार्थलाई मध्यनजर गर्दै ७७ वटै जिल्लामा विपद्को पूर्वतयारी गर्ने र अत्यावश्यक पूर्वतयारीकालागि आवश्यक व्यवस्था गर्ने भन्ने निर्णय भएको छ,’ एक मन्त्रीले भने ।