पुन्य क्षेत्रको जंगलमा झुण्डिएको अवस्थामा एकजना मृत फेला

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगर-११ को पुन्य क्षेत्र मन्दिर नजिकैको जंगलमा एकजना पुरुष मृत फेला परेका छन् ।
मंगलबार बिहान परिचय नखुलेको अन्दाजी ४५ वर्षीय पुरुष रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले बताए ।
प्रहरी घटनास्थलमा पुगेको र थप अनुसन्धान गरिरहेको एसपी रिजालले बताए ।