हेटौंडाको बालसुधार गृहका बालकसँग सामाजिकविकास मन्त्रालयको साक्षात्कार

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११, थानाभ¥याङस्थित बाल सुधार गृहमा रहेका बालकहरुसँग बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले साक्षात्कार गरेको छ ।
प्रदेश बालअधिकार समितिको अध्यक्ष समेत रहेकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान, समितिका सदस्य प्रकाश खतिवडा, मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख गोपाल कँडेल, मन्त्रालयका महाशाखा प्रमुख अमृत अधिकारी लगायतले सुधार गृहका बालकहरुको गुनासो सुन्ने र उनीहरुको इच्छा–चाहनाबारे बुझ्न अन्तरक्रिया गरेका छन । सुधार गृहका प्रमुख प्रदीप गौतमले मन्त्रालयको टोलीलाई जानकारी गराएका थिए । सुधार गृहमा रहेका ६४ जनाबालकहरुले मन्त्री मोक्तान सहितको टोलीलाई अध्ययन तथा सीप विकास तालिमको माग गरे । ६४ जनामध्ये १७जनाले मात्रै ८ कक्षा पास गरेको बताएका थिए ।
मन्त्री मोक्तानले सुधार गृहमा रहेका बालकहरुलाई पढाईको व्यवस्थापन पहिला गर्नु पर्नेमा जोड दिइन् । अध्ययनका लागि मन्त्रालय छिट्टै व्यवस्थापन मिलाउने र सीप विकास तालिमको लागि अबसर प्रदान गरिने उनको प्रतिबद्धता छ । माओवादी सशस्त्रद्वन्द्वका बेला आफू पनि जेल परेको अनुभव सुनाएकी उनले सुधार गृहबाट निस्कन पाउने चाहना हुँदा हुँदै पनि कानुनी प्रक्रिया अबलम्बन गर्नु पर्ने भन्दै सुधार गृह भित्रै मन्त्रालयले घर र विद्यालयको वातावरण निर्माण गर्ने विश्वास दिलाएकी हुन ।
मोक्तानले सुधार गृहबाट गइसके पछि गलतलाई बिर्सिन र राम्रो कार्यलाई मात्रै अंगाल्न आग्रह गरिन् । सुधार गृह छोडेर जाँदा सीपसिकेर जानआग्रह गरेकी छन् । सीप सिकाउन र पढन मन्त्रालयले व्यवस्था गर्ने उनको प्रतिबद्धता छ । प्रदेश बालअधिकार समिति सदस्य प्रकाश खतिवडाले आधारभूत आवश्यकताको सम्बोधनमा मन्त्रालय र समिति गम्भीर रहेको बताए । उनले सुधार गृहमा तत्काल शिक्षा र सीपविकास तालिमको आवश्यक रहेको बताए । सुधार गृहका बालकहरुले सीप विकासतर्फ मोटरसाइकल र मोबाइलमर्मत गर्ने, इलेक्ट्रिकल र पम्ब्लिङको तालिम सिक्न चाहेको बताए ।
मोबाइल र मोटरसाइकल मर्मत गर्ने तालिम सिक्न करिब २५ जना इच्छुक देखिएका थिए । मन्त्रीमोक्तानले, ‘पढ्न मन छ ?’, भनेर सोध्दा सबैले पढ्न इच्छुक रहेको एकै स्वरमाबताए । सुधार गृहमा शौचालय र पानीको समस्या रहेको उनीहरुको गुनासो छ । बालकहरुले विगतको तुलनामा सुधार गृह धेरै नै सुधार भएको बताएका थिए । उनीहरुलाई राज्यले दिने सुविधा नै अपुग रहेको पाइएको छ । वर्षमा दुई पटक गर्मी महिनामा १२०० र जाडो मौसममा १५०० गरेर कपडा किन्न राज्यले नगद सहयोग गर्ने गरेको भन्दै उक्त रकम पर्याप्त कपडा किनेर लगाउन अपुग भएको उनीहरुको गुनासो थियो ।
सुधार गृहमा कम्प्युटर माग गरेका छन । सुत्न र खान उचित व्यवस्थापन भइरहेको उनीहरुको भनाई छ । सानो कोठामा १३ जना र ठूलो कोठामा २५ जनासम्म बालबालिका सुताउने गरेको सुधार गृहका प्रमुख गौतमले जानकारी दिए । सुधार गृहमा तराईका जिल्लाका आधाभन्दा बढी बालकहरु बस्छन । मकवानपुरका करिब १५ जना रहेको प्रमुख गौतमले बताए । २ जना बालक क्षयरोगका बिरामी छन । ६४ जना बालक मध्ये करिब ४५ जना जर्वजस्ती करणी मुद्दाका आरोपितहरु रहेको गौतमले बताए । २४ जना पुर्पक्षकालागि थुनामा छन् भने बाँकीको हकमा अदालतबाट फैसला भएर सुधार गृहमा बस्दै आएका छन् । जनपत्रबाट ।