हेटौंडा बजार क्षेत्रबाट विभिन्न समयमा जफत गरेको अखाद्य वस्तु नष्ट

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा बजार क्षेत्रबाट विभिन्न समयमा जफत गरेको अखाद्य वस्तु नष्ट गरेको छ ।
शुक्रबार प्रशासनले चाडपर्व लक्षित अनुगमनका क्रममा जफत गरिएका ३ लाख ५ हजार रुपैयाँ बराबरका अखाद्य वस्तु नष्ट गरेको हो । यस्तै प्रशासनले ७ ओटा पसललाई १ लाख ३५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
उपभोग्य म्याद गुज्रिएका र लेवल टास नभएका, बिल विनाका सामानहरु जफत गरि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले उपभोक्ता हित संरक्षण मंचका केन्द्रिय उपाध्यक्ष वासु प्रसाद खतिवडा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रतिनिधी, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनीधी, पत्रकार लगायतको उपस्थितीमा सामान नष्ट गरेको हो ।