आजवाट १६ सय ५०मा पुरै शरीर जांच हुने

बाग्मती खबर
२२ फाल्गुन २०७६, बिहीबार ११:३९

हेटौडा:सोह् सय पचास रुपैयामा पुरै शरिर जांच गर्ने सुविधा सहित आजवाट मुख्यमन्त्री जनता स्वाथ्य परीक्षण कार्यक्रम पुन शुरु भएको छ । यसको औपचारिक शुभारम्भ आज हेटौडा अस्पतालवाट सामाजिक विकास मन्त्री युवराज दुलालले गर्नु भएको हो ।

प्रदेशका १३ वटा जिल्लामा लागु गर्ने योजनाका साथ शुरु भएको कार्यक्रम सरकारको स्वामित्वको १५ वटा अस्पतालमा आजवाट लागु हुने छ । यस कार्यक्रमको प्रभावकारीता हेरी सरकारको स्वामित्वका सवै अस्पतालमा लागु गर्ने योजना रहेको वताइएको छ । स्वाथ्य उपचारवाट कुनै जनतापनि वन्चितहुन नपरोस भनी बाग्मती प्रदेश सरकारले यो कार्यक्रम लागु गरेको हो । कार्यक्रमले गरिव तथा विपन्न वर्गका जनताले लाभ प्राप्त गर्नै प्रदेश सरकारले विश्वास लिएको छ ।
यस कार्यक्रम लागु भएपछि अस्पतालले विभिन्न पांच प्रकारको स्वाथ्य परिक्षण निशुल्क गरिने छ भने सशुल्क पाउने उपचारमा पनि छुट पाउने हेटौडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले वताउनु भयो । यस योजना लागु भएपछि १६५० रुपैयामा होलवडी चेकअप सुविधा पाउने छन् भने यस पछि रोग देखिएमा पनि निशुल्क अपचार पाउने व्यवस्था मिलाइएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दे सामाजिक विकास मन्त्री युवराज दुलालले यस कार्यक्रम प्रदेश सरकारले जनताको हितमा लागु गरेको वताउदै यसले कुनै पनि जनता अस्पताल नगइ रोग लुकाएर तथा रकमको अभावमा रोग पालेर वस्नुपर्नै अवस्थाको अन्त्यहुने दावी गर्नु भयो । कार्यक्रम बाग्मती प्रदेशको हेटौडा अस्पताल सहित अन्य १५ अस्पतालमा आजवाट लागु हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*