कोरोना संक्रमित युवतीसंगै नेपाल आउनेमा मकवानपुरका विष्णु पनि

बाग्मती खबर
१२ चैत्र २०७६, बुधबार १८:१०

हेटौडा : विश्वमै महामारीको रुपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) संक्रमित १९ वर्षिय युवती संगै यात्रा गरि नेपाल आएका एक हवाइ यात्रु मकवानपुर जिल्लाको पनि भएको पाइएको छ । कतारवाट आएको फ्लाइट नं क्यु आर ६५० को उडान वाट आएका यात्रु मध्ये एक मकवानपुरका विष्णु अधिकारी रहेको वताइएको छ ।
ठेगाना खुल्न नसकेको अधिकारी सोही प्लेनवाट नेपाल आएको वताइएको छ । तर उनी हाल सम्म स्वाथ्यकर्मी एव प्रशासनको संम्पर्कमा नआएको वताइएको छ । यस सम्वन्धमा बाग्मती स्वाथ्य निर्देशनालयका डा. अर्जुन सापकोटाले  उनी सम्पर्कमा नरहेको र वरु एक जना ढकाल थरका व्यक्ति संम्पर्कमा आएको र उनको अवस्था सामान्य रहेको तथा होम क्वारेन्टाइनमा रहेको वताउनु भयो । ढकाल पनि वैदेशिक रोजगारीवाट फर्र्किएको तर उनलाइ संक्रमणको कुनै लक्षण नदेखिएको वताउनु भयो ।
यस विषयमा हेटौडा अस्पतालका डा. कमल दवाडीले आज पनि हेटौडा अस्पतालमा नियमित फिवर क्लिनिक संचालन गरिएको तर एक जना पनि शंकास्पद विरामी नआएको वताउनु भयो । यसो त कोरोनाको लक्षण संग मिल्ने लक्षण देखिएपछि मनहरीवाट आज नै एकजना विरामीलाइ भरतपुर कोरोना उपचार केन्द्रमा पठाइएको छ । उनको कोरोना भए नभएको पुष्टी भने भोलीमात्र हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*