तरकारी वजार आजवाट नियन्त्रण गरिने !

हेटौडा:- विश्वमै महामारीको रुपमा देखा परेको कोभिड १९ कोरोना भाइरसको संक्रमणवाट जोगाउन सरकारले गरेको लकडाउनलाइ हेटौडामा सांझपख उलंघन भएपछि आजवाट प्रशासनले कडा रुपमा नियन्त्रण गर्ने भएको छ ।
हेटौडाको तरकारी वजारको रुपमा परिचित खोपे गल्ली एव वसपार्क आसपास तरकारी खरिदको लागि भन्दै सांझ परेपछि सर्वसाधारण होहल्ला गर्दे सडकमा निस्कने क्रम वढेपछि आजवाट यस कार्यलाइ नियन्त्रण गर्नै तयारी गरेको मकवानपुरका प्रहरी उपरीक्षक शुसिलसिह राठोरले वताउनु भयो ।
मानिस आफै सचेत हुनु पर्ने अवस्थामा नेपाल वन्द खुलेजसरी सर्वसाधारण सडकमा जादा संक्रमणको डर वडेको छ भने होम क्वारेन्टाइनमा वस्ने सर्वसाधारण पनि त्रसित देखिएका छन् ।
सर्वसाधारणलाइ जति भन्दापनि नियन्त्रण गर्न सकिएन, आजवाट आफै सडकमा आई सम्झाउने तयारी गरेको हेटौडा उपमहानगर का मेयर हरिवहादुर महतले वताउनु भयो । आज सांझ म आफै खोपेगल्लीमा जाने हो मेयर महतले वताउनु भयो । यसो त सर्वसाधारण लाइ सडकमा ननिस्कन सार्वजनिक सुचना समेत जारी गर्दा पनि अटेर गरेको देखिन्छ ।
खोप गल्ली एवं अन्य क्षेत्रको समस्या समाधानको लागि सर्वसाधारण आफै जागरुक हुनु पर्र्र्ने देखिन्छ । अत्यावसेक सेवा खुल्ला गर्ने निर्णयअनुरुप तरकारी वजार खुल्ला राखिएको र यस कार्यमा स्थानीय प्रशासनले कडाइ गर्नुपर्ने वडानं ४का अध्यक्ष नविन सिग्देलले वताउनु भयो ।