घर बाहिर ननिस्कन प्रदेश सरकारको अनुरोध !

तपाईको स्वाथ्य शुरक्षामा हामी गम्भिर छौ – मुख्यमन्त्री पौडेल
बाग्मती खबर
१४ चैत्र २०७६, शुक्रबार १०:२५

हेटौडा:- कोरोना भाइरस भनिने कोभिड १९ को कारण संसार स्तव्ध भएको बेला सम्भावित जोखिमको आङ्कलन गरी सरकारले देशलाई लकडाउन गरेको छ । यस्तो विषम् परिस्थितिमा बागमती प्रदेशबासी नागरिकहरुले सरकारको कदमको स्वागत गर्दै अत्यावश्यक बाहेक घरबाहिर हिडडुल तथा आवत जावत नगरी घरमै सुरक्षित रुपमा रहेर सम्भावित माहामारीलाई नियन्त्रण गर्न खेल्नुभएको भूमिका प्रति उच्च सम्मान व्यक्त गर्दै लकडाउनको पालना नगर्ने केही महानुभवहरुलाई जिम्मेवार भई लकडाउनको पूर्ण पालना गरि घरभित्रै बसीदिनुहुन समेत हार्दिक अनुरोध गर्दछु ।
मानवजातीकै लागि चुनौतिको रुपमा विकसित हुँदै गएको कोविड १९ को संक्रमण विश्वव्यापी बनिरहेको बेला प्रदेशबासी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी , दाजुभाइहरुमा यसको संक्रमणबाट बच्न आधिकारिक व्यक्ति तथा संस्थाहरु मार्फत प्राप्त सल्लाह अनुसार विषेश सावधानीहरु अपनाउनुहुन पनि अनुरोध गर्दछु । हरेक दृष्टिकोणहरुबाट सम्पन्न र अतिविकशित र सबै सुविधा सम्पन्न देशहरुलाई समेत हम्मेहम्मे पारेको भाइरस नेपालमा समेत तीनजनामा देखा परिसकेको अवस्थामा त्यसलाई फैलिन नदिन नेपाल सरकार बागमती प्रदेश सरकार तथा स्थानीय तहहरु लागेका बेला हामीसबै नागरिकहरुको समेत साथ आवश्यक छ । त्यसैले संघीय सरकार एवं बागमती सरकारले यसअघि गरेका अनुरोध तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युले सम्वोधनमार्फत गर्नुभएको आग्रह अनुसार आफ्ना दैनिक क्रियाकलापहरु सञ्चालन गर्नुहुन सबैमा अनुरोध गर्दछु ।
साथै यस्तो बेला सरकारको निर्णय कर्यान्वयनमा दत्तचित्त भई लाग्नुभएका नेपाल प्रहरी, सशस्त्र प्रहरी , नेपाली सेना तथा चिकित्सक एवं स्वास्थ्यकर्मीहरु प्रति हार्दिक धन्यवाद सहित कर्तव्यपथमा निरन्तर लागिरहन अनुरोध गर्दछु । परिस्थितिको गाम्भिर्यता हेरेर सरकारले अझै कडा र प्रभावकारी कदम चाल्न सक्ने भएकोले सजग हुन समेत अनुरोध गर्दछु । लकडाउन लम्बिने अवस्था वा अन्य अवस्थामा खाद्य सामाग्री, औषधोपचार लगायतको अत्यावश्यक सामाग्रीहरुको अभाव हुन नदिन प्रदेश सरकारले विषेश पहलगरी कोही भोकै नपर्ने, कोही भोकै नमर्ने अवस्था श्रृजना गरीने जानकारी समेत गराउदछु ।
विज्ञहरुका अनुसार कोरोना संक्रमण भइहालेमा निम्न लक्षणहरु देखिन्छन् ।
कोरोना संक्रमणको पहिलो चरणमा एकाएक १०२ देखि १०४ डिग्री फरेनहाइटसम्म ज्वरो आउन सक्ने, सुख्खा तथा लहरे खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने, घांटी बस्ने, थकान महसुस हुने हुन्छ भने ।
दोस्रो चरणमा आराम गर्दा समेत श्वास फेर्न नसकेको जस्तो हुने ,कोल्टो परेर सुत्दा श्वास फेर्न झन गाह्रो हुने, श्वासप्रश्वासको अप्ठ्यारोले गर्दा आफ्ना अन्य दीर्घरोगहरुले समेत च्याप्दै जाने हुन्छ ।
त्यस्तै तेस्रो चरणमा श्वास फेर्न निकै गाह्रो हुने अर्थात हरेक पटक श्वास फेर्नकै लागि संघर्ष गर्नुपर्ने, बोल्न एकदम गाह्रो हुने, छाती धेरै दुख्ने, उठ्न निकै गाह्रो हुने, कुराहरु विर्षने, कन्फ्युज वा विरोधाभास हुने, बेहोश हुने हुन्छ । यदी कसैमा यस्ता लक्षणहरु देखिए तुरुन्त स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्नुहुन समेत अनुरोध गर्दछु । साथै यस्ता लक्षण देखिएमा अन्य व्यक्तिहरुसंग निश्चित दुरी बनाई बस्ने, माक्स लगाउने , प्रशस्त हावा ओहारदाहोर हुने स्थानमा बस्ने भीडभाडमा नजाने खोक्दा वा हाछ्यौं गर्दा रुमाल वा टिस्युपेपर प्रयोग गर्ने आदि सावधानीहरु अपनाउन समेत अनुरोध गर्दछु । तपाइहरु घरभित्र वसेपनि प्रदेश सरकार गतिशिलरुपमा तपाइको हिफाजतमा लागिपरेको कारण शुरक्षित रुपमा घरमै वस्नु हुन तथा रोगको लक्षण देखिए तत्काल स्वाथ्यकर्मीकोमा जान हार्दिक अनुरोध गर्दछौ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*