पदमपोखरीमा गोली चल्यो, प्रहरीनै घाईते

हेटौंडाः हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरी साङ्गेचोकमा भएको झडपमा हवाइ फायरहुदा एक प्रहरी हवल्दार घाईते भएका छन् । शनिबार राती पदमपोखरी मिलनटोल र साङ्गेटोलका युवाहरुको विचमा भएको विवाद पछि भएको झगडालाइ नियन्त्रणमा लिनका लागि प्रहरीले तीन राउन्ड हवाइ फायर गरेको थियो । सो क्रममा प्रहरी हवल्दार देवीराज ठाकुर घाइते भएका हुन् ।
मदिरा सेवन गरी होहल्ला गर्दै हिडेका मिलनटोलका युवाहरुलाई साङ्गेटोलका युवाहरुले होहल्ला नगर्न आग्रह गर्दा मध्यराती झगडाले उग्ररुप लिएको थियो । उक्त झगडालाई साम्य पार्नका लागि प्रहरीले हवाइफायर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक सुजन पाठकले जानकारी दिए । पाठकका अनुसार प्रहरीद्धारा एक राउण्ड गोली फायर भएपछि झै झागडा गर्ने मिलनचोकको समूहका केटाहरु फरार भएका र खोजतलास गर्ने क्रममा मिलान चोक १२ बस्ने वर्ष २० को रोशन बललाई फेला पारी नियन्त्रण लिन खोज्दा प्रहरी तर्फनै ढुङ्गा मुढा प्रहार गरेकोले नियन्त्रणमा लिन थप २ राउण्ड एसएलआर बाट हवाई फायर गरी नियन्त्रणमा लिएको थियो । स्थिती नियन्त्रण लिन खोज्दा घाईते भएका हवल्दारको अवस्था सामान्य रहेको बताइएको छ । यस्तै प्रहरी भ्यानमा समेत क्षति पुगेको छ ।