कोरोना कहर- प्रदेश मन्त्रीपरिषद्को वैठक टेन्टमा सम्पन्न

हेटौंडा:- कोरोनाको त्रासका कारण बागमती प्रदेश मन्त्रीपरिषदको वैठक आज टेन्टमा सम्पन्न भएको छ ।
कोरोना त्रासको कारण दुरी कायम गर्दे वैठकवस्नु पर्ने र निवासमा स्थानको अभाव भएपछि टेन्टमानै वैठक सम्पन्न भएको हो । आज आइतवार वसेको प्रदेशको मन्त्री परिषद बैठकले कोरोना भाईरस सङ्क्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यबिधी २०७६ स्वीकृत गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा आज बसेको बैठकले यो कार्यविधि स्वीकृत गरेको हो ।
आजको मन्त्री परिषदबाट कार्यबिधी पारीत भएसङ्गै स्थानीय बिपद व्यबस्थापन समितिलाई सहयोग गर्ने बाटो समेत खुलेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलले बाग्मती खवरलाइ जानकारी दिनुभयो । यसै गरि आईतवार नै बसेको बिपद व्यबस्थापन निर्देशक समितिको बैठकले स्थानीय तथा जिल्लागत रुपमा बनेका बिपद ब्यबस्थापन समितिलाई सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ । समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले महानगरलाइ २० लाख, उपमहानगरलाई १५ लाख, नगरलाई १२ लाख र गाउँपालिकालाई १० लाख दिने निर्णय गरेको छ । जिल्ला समन्वय समितिमा बनेको समितिलाई ५ लाख दिने निर्णय गरेको छ । सो रकम कोरोना सङ्क्रमण रोकथाम एबम उपचार, आइसोलेसन तथा क्वारेन्टाइन निर्माण,मेडिकल सामग्री खरिद, बिपन्न परिवारलाई राहतका लागि प्रयोग गर्न सक्ने आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।