कोरोना कहर:- युरोपेली युनियनको अग्निपरीक्षा

काठमाडौं:- युरोपमा कोरोना महामारीको विषम परिस्थितिको तत्कालै अन्त्य हुने छाँट छैन । यो महामारीले युरोपका जनताबीच समस्या मात्र होइन, मतभेदको पनि सिर्जना गरेको छ र सबै मतभेद तथा दोषको भारी युरोपेली युनियनकै थाप्लोमा हालिदिएको छ ।
सायद, आगामी हप्ताभित्रैमा इटालीमा कोरोना भाइरसको संक्रमण उच्चतम स्तरमा पुग्नेछ । यदि त्यसो भयो भने इटालीले व्यहोरिरहेको इतिहासकै भयानक स्वास्थ्य संकटको धुलो थिग्रिन सुरु गर्नेछ ।
युरोपमा अन्य देशहरुको हकमा चाहिँ बढ्दो संक्रमण दरसँग जुध्ने तथा क्वारेन्टाइनका विधिहरुको कार्यान्वयन कति प्रभावकारी रुपमा गरियो भन्ने कुराले उनीहरुको स्थितिलाई निर्धारण गर्नेछ । राम्रो परिदृश्यको कल्पना गरौँ कि अन्य युरोपेली मुलुकहरुले समेत छिटै स्थिति नियन्त्रणमा आएको अनुभुति गर्नेछन् र स्थिति सामान्य हुनेछ ।
चीनबाट सुरु भएर निकै तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसले अहिले युरोपको अर्थतन्त्रलाई ध्वस्त बनाइरहेको छ । कोरोनाबाट ३० हजार भन्दा धेरैले ज्यान गुमाइसक्दा आधाभन्दा धेरै त इटाली र स्पेनका नागरिक छन् ।
युरोपेली युनियन सम्वद्ध सबै मुलुकहरुमा भाइरस संक्रमण पुगिसकेको छ । अर्थतन्त्र तहस नहस बनिरहेको छ । तथापि युरोपेली नेताहरु सहायता प्याकेजमा सहमत हुन सकिरहेका छैनन् ।
युनियनभित्रको सबैभन्दा शक्तिशाली मुलुक जर्मनी ढिलो गरेर बल्लतल्ल पहिलोपटक अन्य मुलुकका लागि पनि सहयोग गर्ने तहमा पुगेको छ र इटालीका केही कोरोना संक्रमितको उपचारका लागि बाटो खोलेको छ । वास्तवमा यो इयूभित्रको एकताको एउटा प्रमुख संकेत हो जुन निकै आवश्यक पनि छ ।
कोरोना भाइरसबाट सबैभन्दा धेरै क्षति व्यहोरिरहेको मुलुक इटालीले युरोपेली युनियन सम्वद्ध मुलुकहरुमाथि आफूलाई पर्याप्त सहयोग नगरेको आरोप लगाएको छ । खासगरी अस्पताल तथा भाइरसका कारण प्रभावित अर्थतन्त्रका अन्य क्षेत्रहरुमा सहयोगका लागि इयुले कुनै काम नगरेको इटालीको गुनासो छ ।
कोरोना भाइरसबाट तहस–नहस भएको युरोपेली अर्थतन्त्रलाई उकास्नका लागि कोरोना बण्ड अर्थात् युरोपेली रिकभरी बण्डको नामबाट एउटा कोष खडा गरियोस् भन्ने प्रस्ताव इटालीको छ । उक्त कोषको रकमले इयू सम्वद्ध मुलुकहरुलाई आर्थिक मन्दीबाट मुक्त गर्न र स्वास्थ्य क्षेत्रमा खर्च बढाउन सहयोग गर्नेछ ।
इटालीको उक्त प्रस्तावमा कोरोना भाइरसबाट धेरै प्रभावित मध्येका अन्य दुई मुलुक फ्रान्स र स्पेनले समर्थन जनाएका छन् । तर, जर्मनी र अष्ट्रिया भने उक्त प्रस्तावमा सहमत भएनन् ।
अन्य मुलुकहरुको रवैया देख्दा इटालीको चित्त दुख्नु स्वभाविकै हो । उसले जर्मनी र अष्ट्रिया निकै स्वार्थी भएको आरोप लगाइसकेको छ ।
इटालीका दक्षिणपन्थी नेता माटियो साल्भिनी भन्छन्, ‘युनियन ९युरोपियन० को कुरा गर्दा जब अरुलाई आवश्यकता पर्दछ, तब इटालीले सहयोग गर्नुपर्दछ । तर, जब इटालीलाई अरुको सहयोगको आवश्यकता पर्छ, तब अरुले आफ्नो ढोका र गोजी बन्द गर्छन् ।’
इयूको औचित्यमाथि प्रश्न उठाउँदै उनी भन्छन्, ‘यो स्वास्थ्य संकटको अवस्थाबाट मुक्ति पाएसँगै हामीले सबैकुराको पुनर्विचार तथा पुनर्संरचना गर्ने कार्य ब्रसेल्सबाटै सुरु गर्नुपर्ने छ ।’
कोरोना भाइरस विरुद्धको यस युद्धले चाहिँ औचित्यमाथि नै प्रश्न उठ्न थालेको युरोपेली युनियनलाई ऐक्यवद्ध बनाउँछ वा विघटनको संघारमा पुर्याउँछ रु त्यो हेर्न बाँकी छ
गत शुक्रबार फ्रेन्च प्रधानमन्त्रीले आगामी दिनमा अवस्था झनै कठीन हुने बताए । इटालीमा जस्तै फ्रान्समा पनि कोरोना महामारीको अवस्था जटिल बन्दैछ । पेरिसका धेरै अस्पताल कोरोना संक्रमितले भरिएका छन् । अस्पताल भर्ना हुने अहिलेको दरले अस्पतालका आइसीयू बेडहरु छिटै भरिनेछन् ।
एजेन्सीको सहयोगमा अनलाइन खवरवाट साभार