कोरोना कहर- बागमतीका १३वटै जिल्लामा आइसोलेसन तयार

बाग्मती खबर
१८ चैत्र २०७६, मंगलवार २१:०४

हेटौंडाः बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार प्रदेशका १३ वटै जिल्लामा आइसोलेसन वार्ड तयार भएको छ । २०७६ चैत्र १७ गतेसम्म दुई हजार ७५ क्वारेनटाइन बेडहरु छन् । त्यस्तैगरी, ६ सय २३ आईसोलेशन बेड, १ सय ४८ आईसियु बेड, ६ सय ९२थान पिपिईको प्रबन्ध भईसकेको छ । त्यस्तै, थप १ सय ७२ वटा आईसोलेशन बेड तयारीको क्रममा रहेको छ भने २३ वटा आईसियु बेड समेत तयारीको क्रममा रहेको बताइएको छ । यस्तै प्रदेश सरकारले कोरोना संक्रमितहरुको उपचारको लागि कन्सल्ट्याण्ट फिजिसियन ७१, एनेस्थ्योलोजिस्ट ३१, मेडिकल अफिसर २५१, नर्सिङ सुपरभाईजर ३४, स्टाफ नर्स ७१३, हेल्पर÷नर्स सहयोगि ४७५ र ल्याबोरेटरी प्रर्सनल १५७ जना गरी १७ सय १४ जनशक्ति तयारी अवस्थामा राखेका मुख्यमन्त्री पौडेलले जानकारी दिउका छन् । हालसम्म प्रदेशका विभिन्न जिल्लाहरुमा माक्स २२ हजार ८ सय थान, ह्याण्ड स्यानिटाईजर १ सय २८ लिटर, पिपिई ७२, प्राटोकल फर्म ६३, ईन्फ्रारेड थर्मोमिटर ४४, शु कभर ५ सय १०, क्याप ३ सय १०, ग्लोब्स ६३, गोन मिड्यम २ सय ८५ तथा १ सय ५१ थान ह्याण्डबुक पठाईएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*