आजवाट हेटौडामा अत्याधुनिक कोरोना परीक्षण ल्याव संचालनमा

हेटौडा:-हेटौडा हेटौडामा रहेको अत्याधुनिक ल्याववाट आज विहिवारदेखि कोरोनाको परीक्षण हुने भएको छ । बुधवार वाट हुने भनिएको परीक्षण एकदिन ढिला गरि शुरु हुन लागेको हो । किटजन्य रोग परीक्षण स्थलमा यस अगाडिनै निमार्ण सम्पन्न भइसकेको ल्यावलाइ परिमार्जन गरि कोरोनाको परीक्षण स्थलका रुपमा विकास गरिएको बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले वताउनु भयो ।
मन्त्री दुलालका अनुसार कीटजन्यरोग अनुसन्धान केन्द्र (भिभिडी आरटिसी) मा रहेको प्रयोशालालाई व्यवस्थित बनाएर कोरोना भाइरसको परीक्षण तयारी गरिएको हो ।
प्रयोगशालामा ६ सय परीक्षण किट आइ सकेको र ३ घन्टामा नै परीक्षणको रिर्पोट आउने गरि तयारी गरिएको छ । यसका लागि बाग्मती प्रदेश जनस्वाथ्य प्रयोगशालाका वरिष्ट ल्याव असिष्टेन्ट नारायणवहादुर कार्कीको नेतृत्वमा ५ जनाको दक्ष टोलीले परीक्षण गर्ने भएका छन् । हामीले सवै व्यवस्था मिलाएका छौ ,आजवाटनै परीक्षण शुरु गरिने छ । सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख दिपेन्द्र सुवेदीले वताउनु भयो ।यो ल्यावको रिपोर्ट पुर्ण सहि आउने गरि तयार गरिएको र आवश्यक पेरको खन्डमा दैनिक ३ सय स्याम्पल परीक्षण गर्न मिल्ने गरि तयार गरिएको छ ।
यस ल्याव प्रदेश नं २ का विभिन्न जिल्लालाई पनि पायक पर्ने गरी हेटौँडामा प्रयोगशाला सञ्चालन गरिएको बताइएको छ । सङ्क्रमितलाई राख्नका लागि प्रदेश सरकारले आइसियूसहितको ३०० आइसोलेसन कक्ष निर्माण गरिसकेको छ । तयार गरिएका सबै आइसोलेसन कक्षमा सम्पूर्ण उपकरणसहितको चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्था गरिने भएको छ ।प्रदेशमा भएका १३ मध्ये काठमाडौँ बाहेक सबै जिल्लामा आइसोलेसन कक्ष तयार भइसकेको छ । नुवाकोटमा १०, रसुवामा २०, धादिङमा सात, चितवनको भरतपुर अस्पतालमा २० र गुञ्जनगरमा २० श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । मकवानपुरमा सघन उपचारकक्ष सहित ३५ शैय्या आइसोलेसन तयार भइसकेको र ७० शैय्या तयार हुँदै गरेको, सिन्धुलीमा पाँच शैय्या तयार भएको र पाँच तयार हुँदै गरेको, रामेछापमा निजी क्षेत्रसँगको साझेदारीमा २० शैय्या तयार भएको, दोलखामा १७ शैय्या, सिन्धुपाल्चोकमा १७ शैय्या, भक्तपुरमा २१, काभ्रेमा २० शैय्या तयार भएको छ ।
प्रदेशअन्तर्गतका अस्पतालमा इन्फ्रारेड थर्मोमिटर तुरुन्तै खरिद गरी स्वास्थ्य निर्देशनालय मार्फत पहिलै पठाइसकिएको तथा प्रदेशस्तरीय -यापिड रेस्पोन्स टिम, उच्चस्तरीय अनुगमन समिति निर्माण गरी अनुगमन एवं विभिन्न प्रचार प्रसार, सूचना सञ्चारका गतिविधिको सञ्चालन भइरहेको बताइएको छ ।