हेटौडामा आज २ वटा कोरोनाको नमुना परीक्षण हुने

हेटौडा:- हेटौडामा रहेको अत्याधुनिक ल्याववाट आज शुक्रवार २ वटा कोरोना परीक्षण गरिने भएकोछ । । विहिवार वाट हुने भनिएको परीक्षण सम्पुर्ण तयारी सकिए पनि स्वायवको नमुना नआएको कारण आजवाट परीक्षणगर्न लागिएको हो । हेटौडामा आइसोलेसनमा रहेका २ जनाको आज परीक्षण गर्ने तयारी गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले वताउनु भयो ।
हामी संग आइसोलेसनमा भएकाहरुवाट परीक्षण शुरु गर्दछौ । अन्य शंकास्पद विरामीको पनि तत्कालै नमुना परीक्षण गरिने तयारी गरिएको सुवेदीले वताउनु भयो । कीटजन्य रोग परीक्षण स्थलमा यस अगाडिनै निमार्ण सम्पन्न भइसकेको ल्यावलाइ परिमार्जन गरि आवश्यक सामान समेत थप गरि कोरोनाको परीक्षण स्थलका रुपमा विकास गरिएको बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले वताउनु भयो ।
मन्त्री दुलालका अनुसार कीटजन्यरोग अनुसन्धान केन्द्र (भिभिडी आरटिसी) मा रहेको प्रयोशालालाई व्यवस्थित बनाएर कोरोना भाइरसको परीक्षण तयारी गरिएको हो ।
प्रयोगशालामा ६ सय परीक्षण कीट आइ सकेको र ३ घन्टामा नै परीक्षणको रिर्पोट आउने गरि तयारी गरिएको छ । यसका लागि बाग्मती प्रदेश जनस्वाथ्य प्रयोगशालाका वरिष्ट ल्याव असिष्टेन्ट नारायणवहादुर कार्कीको नेतृत्वमा ५ जनाको दक्ष टोलीले परीक्षण गर्ने भएका छन् । हामीले सवै व्यवस्था मिलाएका छौ ,आजवाटनै परीक्षण शुरु गरिने छ । सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख दिपेन्द्र सुवेदीले वताउनु भयो ।यो ल्यावको रिपोर्ट पुर्ण सहि आउने गरि तयार गरिएको र आवश्यक पेरको खन्डमा दैनिक ३ सय स्याम्पल परीक्षण गर्न मिल्ने गरि तयार गरिएको छ ।
यस ल्याव प्रदेश नं २ का विभिन्न जिल्लालाई पनि पायक पर्ने गरी हेटौँडामा प्रयोगशाला सञ्चालन गरिएको बताइएको छ । सङ्क्रमितलाई राख्नका लागि प्रदेश सरकारले आइसियूसहितको ३०० आइसोलेसन कक्ष निर्माण गरिसकेको छ । तयार गरिएका सबै आइसोलेसन कक्षमा सम्पूर्ण उपकरणसहितको चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्था गरिने भएको छ ।प्रदेशमा भएका १३ मध्ये काठमाडौँ बाहेक सबै जिल्लामा आइसोलेसन कक्ष तयार भइसकेको छ । नुवाकोटमा १०, रसुवामा २०, धादिङमा सात, चितवनको भरतपुर अस्पतालमा २० र गुञ्जनगरमा २० श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । मकवानपुरमा सघन उपचारकक्ष सहित ३५ शैय्या आइसोलेसन तयार भइसकेको र ७० शैय्या तयार हुँदै गरेको, सिन्धुलीमा पाँच शैय्या तयार भएको र पाँच तयार हुँदै गरेको, रामेछापमा निजी क्षेत्रसँगको साझेदारीमा २० शैय्या तयार भएको, दोलखामा १७ शैय्या, सिन्धुपाल्चोकमा १७ शैय्या, भक्तपुरमा २१, काभ्रेमा २० शैय्या तयार भएको छ ।