कोरोना भाईरस सङ्क्रमण रोकथाम कोषमा ६९ लाख सहयोग प्राप्त

बाग्मती खबर
२२ चैत्र २०७६, शनिबार २०:४७

हेटौंडा:-बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा शनिवार सम्ममा थप ६९ लाख सहयोग जम्मा भएको छ । सहयोग गर्नेमा अधिकाश बैङ्किङ तथा वित्तिय सस्थाहरु रहेका छ्न् ।
कोषमा कुमारी बैंक र सिद्दार्थ बैंकले १०र१० लाख, कृषि बिकास बैंक, मेघा बैंक, नेपाल बैंक, गरिमा बिकास बैंक र माछापुच्छ्रे बैंकले ५र५ लाख, सिटिजन्स बैंकले ७ लाख, गोर्खा लहरी प्रालि ले १० लाख, गण्डकी बिकास बैंकले ४ लाख तथा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले ३ लाख सहयोग गरेका छ्न । मुख्यमन्त्री डोरमणि पौडेल समक्ष विभिन्न समयमा सस्थाका प्रतिनिधिहरुले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । विभिन्न क्षेत्रको सहयोग आउनेक्रम जारी रहेको भन्दै मुख्यमन्त्री पौडेलले धन्यवाद व्यक्त गर्नु भएको छ ।यसअघि कोषमा प्रदेश सरकारले ५० करोड जम्मा गरेको छ भने कोषबाट प्रदेशका जिल्ला समन्वय समितिलाई ५र५ लाख, गाउँपालिकालाइ १०र१० लाख, नगरपालिकालाई १२र१२ लाख, उपमहानगर पालिकालाई १५ लाख र महानगरपालिकालाई २०र२० लाख प्रदान गरीसकेको छ ।यस संगै खाध्यान्न तथा अन्य सामाग्री समेत सहयोग आउने क्रम जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*