कोरोना प्रभावित जिल्लामा र्‍यापिड टेष्ट गर्ने सरकारको निर्णय

बाग्मती खबर
२२ चैत्र २०७६, शनिबार २१:००

काठमाडौँ :— काठमाडौँ — सरकारले कैलाली, कञ्‍चनपुर र बागलुङमा र्‍यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा र्‍यापिड टेस्ट गर्ने र कोभिड १९ पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री युवराज खतिवडाले जानकारी दिए । यापिड टेस्ट किटको प्रयोग गर्ने बताए पनि चीनबाट ल्याइएका किटहरुको गुणस्तर यकिन छैन। एनएचआरसीले गुणस्तर जाँच गर्ने भनिए पनि उसले आफूसँग त्यो क्षमता नभएको बताइसकेको छ।

यस्तै बैठकले एक प्रदेशबाट अर्को प्रदेशको आवागमन र जिल्ला-जिल्ला आवागमनमा नियन्त्रण निर्णय पनि गरेको छ। यसको लागि प्रदेश र स्थानीय सरकारले प्रभावकारी काम गर्न निर्देशन दिएको छ।

मन्त्री खतिवडाका अनुसार आजको बैठकमा लकडाउन बढाउन विषयमा निर्णय नभएको भन्दै छिट्टै मन्त्रिपरिषद् बैठक बसेर यसबारेमा निर्णयले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*