हेटौडामा स्वाथ्यकर्मीनै जोखिममा,गुणस्तरहीन पिपिइको प्रयोग

उज्वल चौलागाई
हेटौडा:- विश्वमानै कोरोनाको महामारी फैलिइरहेको अवस्थामा बाग्मती प्रदेशको राजधानी हेटौडामा रहेको एकमात्र सरकारी अस्पतालमा भने गुणस्तरहीन पिपिई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) प्रयोगमा आएको पाइएको छ ।
पिपिइको अभावरहेको अवस्थामा कोरोनाको पहिलो स्टेज ज्वरो मापन गर्न शुरु गरेको क्लिनीकमा छाताको कपडाले स्थानीय स्तरमा सिलाइगरेको कपडालाइ पिपिइको रुपमा प्रयोगमा ल्याइएको छ भने केही सहयोगिले वितरण गरेको पिपिइ पनि झोला वनाउने कपडावाट सिलाइ गरिएको पाइएको छ ।
कहि कतैवाट परीक्षण नगरिएको र स्थानीय रुपमा सिलाइ गरिएको गुणस्तरहिन पिपिईको प्रयोगले झनै कोरोना संक्रमणको जोखिम वडाएको जानकारहरु वताउछन् ।
हेटौडा अस्पतालमा हाल ३५ सेट पिपिइ स्थानीय स्तरमा अस्पताल आफैले छाताको कपडाले सिलाइएको छ भने ४० सेट पिपिइ रोटरी क्लव मकवानपुरले सहयोग गरेको हो । रोटरी क्लवले सहयोग गरेको पिपिइ पनि झोला वनाइने कपडाले सिलाइ गरि वितरण गरिएको जस्तो देखिन्छ । यसको कहि कतै गुण स्तरमापन भएको छैन । नत कुनै लोगो वा ट्याग छ । यो त तरकारी तथा वजारमा सपिग गर्ने कपडावाट वनेको छ । कसरी प्रयोग गर्ने होला ज्वरो क्लिनिकमा रहेका एक जना पिपिइ प्रयोग गर्ने स्वाथ्यकर्मी वताउछन् । हामीलाइ यसको गुणस्तरको विषयमा थाहा भएन लगाउन दिइयो तर हामीलाइ पनि शंका लागेको छ , स्वाथ्यकर्मीहरुनै भन्छन् ।
यस विषयमा रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष रामेश्वर श्रेष्ठ पनि गुणस्तर र रियल पिपिइ हो होइन थाहा नभएको एक दुई वर्ष अगाडि राहातको लागि आएको सामाग्री स्टकमा रहेको र सोही हस्तान्तरण गरिएको वताउनु हुन्छ । हामीले कोरोनाको लागि भनेर मगाएका पनि होइन ,हामी संग केही समय अगाडि देखि राहात वितरणको लागि भन्दै आएको सामग्री हो । यसलाइ प्रयोग गर्न मिल्छ त भनी देखाउदा काममा आउने भनेको कारण हेटौडा अस्पतालमा हस्तान्तरण गरिएको हो , अध्यक्ष श्रेष्ठले वताउनु भयो ।
यस सम्वन्धमा हेटौडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले रोटरी क्लवले ४० सेट दिएको कपडा पिपिइ जस्तो भएकोले लिएको र ज्वरो क्लिनिकमा प्रयोग गर्न दिइएको वताउनु भयो । हामीलाइ गुणस्तरको वारेमा थाहा छैन नहुनु भन्दा सामान्य भएपनि काम गर्छ भन्ने मनसायले प्रयोग गर्न दिएको वताउनु भयो । यो पिपिइ नभई वजारमा सपिग गर्ने कपडाले वनाएको सामान्य पोसाकजस्तो मात्र देखिन्छ । यसोत पिपिइको अभावमा हेटौडा अस्पतालले छाता वनाउने कपडावाट ३५ सेट पिपिइ जस्तो गरि पोसाक सिलाइ प्रयोगमा ल्याएको छ । हामीसंग पिपिइ छैन त्यसैले वाटर प्रुफ कपडाको पिपिइ वनाएका छौ , अध्यक्ष पौडेलले वताउनु भयो । हुदै नभइ वस्नु भन्दा सामान्य भएपनि रोकथाम गर्छ भन्ने मनसायले दिइएको हो , पौडेलको कथन छ ।
ओरजिनल पिपिइ ५ थान मात्र
हेटौडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. प्रविन श्रेष्ठले हामी संग ५ थान मात्र ओरिजिनल पिपिइ भएको र अन्य रोटरी क्लवले दिएको ४० आफुले सिलाएको ३५ र अन्य स्थानवाट आएको ८ थान पिपिइ रहेको वताउनु भयो । हामीसंग ५ थानमात्र ओरजिनल पिपिइ रहेको र यसको प्रयोग कोराना स्वाब निकाल्नमात्र प्रयोग गर्ने गरिएको वताउनु भयो । अन्य स्थानवाट आएको तथा हामीले आफै वनाएको पिपिइ मापदन्डको नभएपनि वाध्यताले प्रयोगमा ल्याउनु परेको उहाले वताउनु भयो । यसो त अस्पतालले २४ घन्टानै फिवर क्लिनिक संचालन गरेको छ भने कोरोनाको लागि विशेष आइसोलेसन पनि संचालनमा ल्याएको छ , सवै स्थानमा नाममात्रका गुणस्तरहिन पिपिइको प्रयोग छ । जसले संक्रमणको जोखिम वढाएको छ । स्वाथ्यकर्मी आफै रिक्स जोनमा वसेर काम गर्नु पर्ने मा आफै जोखिममा रहेर काम गर्नु वाध्यता रहेको एक जना स्वाथ्यकर्मी वताउछन् । फिवर क्लिनिकमा पिपिइ लगाउनु पर्ने कुनै मापदन्ड नभएको कारण सामान्य रुपमा लिएको डा श्रेष्ठको तर्क छ । यसो त हेटौडाको कर्रामा संचालनमा ल्याइएको आइसोलेसनमा पनि स्वाबटेष्ट वाहेकका स्वाथ्यकर्मीले ओरजिनल पिपिइ दिन सकिएको छैन डा श्रेष्ठ वताउछन् । यो हाम्रो रहर होइन वाध्यता हो ,सम्वन्धीत निकायले ध्यान दिनु पर्छ डा. श्रेष्ठ वताउछन् । पिपिई ओरजिनल नभएपनि मास्क तथा जुत्ता भने ओरजिनल नै हो , मास्क एन ९५ तथा जुत्ता भने स्वाथ्य मापदन्डको नै रहेको श्रेष्ठको तर्क छ ।
के भन्छन् मन्त्री
बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल यो डिस्पोजेवल गाउनमात्र हो पिपिइ होइन तर पनि आज म आफै अनुगमनमा जाने तयारीमा छु अनिमात्र वास्तविकता थाहा हुन्छ स्वाथ्य मन्त्रालयको समेत जिम्मेवारी लिएका मन्त्री दुलालको तर्क छ ।