गृह–प्रहरी सहमति, सात डीआईजी पद कटौती

बाग्मती खबर
२४ चैत्र २०७६, सोमबार ०७:२६

काठमाडौं :- नेपाल प्रहरीमा रिक्त नायव महानिरीक्षक (डीआईजी) बढुवामा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच सहमति जुटेपछि संख्या कटौतीको फाइल अघि बढेको छ ।
गृह मन्त्रालयले आवश्यकता भन्दा बढी डीआईजीको दरबन्दी कटौती गर्ने तयारी गरेपछि रुष्ट रहँदै आएको प्रहरी प्रधान कार्यालय केही पदलाई तत्कालका लागि फाजिलमा राखेर केही संख्या घटाउन सहमत भएपछि डीआईजीको दरबन्दी कटौतीको फाइल मन्त्रीपरिषद्मा पठाइएको हो ।
गृह स्रोतका अनुसार हाल कायम रहेका जनपदतर्फका २६ डीआईजीको संख्यामध्ये ७ पद कटौती हुने छ । हाल नेपाल प्रहरीमा प्राविधिकतर्फ ८ डीआईजी समेत गरी कूल ३४ जना डीआईजीको दरबन्दी छ ।
स्रोतका अनुसार हाल गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयको अडानअनुसारै दरबन्दी समायोजनमा सहमति जनाएको हो । सहमतिअनुसार मन्त्रीपरिषद्ले निर्णय लिए अब नेपाल प्रहरीमा प्राविधिक बाहेक १९ जना मात्र डीआईजी रहने छन् । त्यसमध्ये हाल सूर्य उपाध्याय, नीरज शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल डीआईजी छन् । त्यसैले अब १५ जनाको मात्रै बढुवा हुनेछ ।
आईजीपी ठाकुरप्रसाद ज्ञवाली, एआईजी तारिणी लम्साल र डीआईजी सूर्य उपाध्यायले आगामी असारबाट अवकाश पाउने भएपछि रिक्त हुने तीन दरबन्दीलाई भने उनीहरूको अवकाशसँगै खारेज गर्ने सहमति भएको छ ।
कटौतीपछि रिक्त रहने १५ पदमा भने गृहले बढुवा अघि बढाउने छ । प्रहरीमा अवकाश पाएका डीआईजीको स्थान गत २८ माघदेखि नै रिक्त रहँदै आएको थियो भने संख्या कटौतीमा विवाद भएपछि गृह र प्रधान कार्यालयबीच सम्वन्ध समेत चिसिएको थियो । गृह मन्त्रालयले यस बीचमा १० डीआईजीको पद कटौतीको प्रयास गर्दै आइरहेको थियो ।
नेपाल प्रहरीमा डीआईजी बढुवाका लागि एसएसपीहरू घनश्याम अर्याल, पुरुषोत्तम कँडेल, गणेशबहादुर ऐर, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, राजेशलाल कर्ण, दिलीप चौधरी र देवबहादुर बोहोरा प्रतिस्पर्धामा छन । उनीहरु ९८ ब्याचका हुन ।
यसैगरी १०१ औं ब्याचबाट २०७४ असारमा एसएसपीमा बढुवा भएका धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, दिवेश लोहनी, रवीन्द्र धानुक बढुवाको लाइनमा छन ।
त्यस्तै २०७५ वैशाखमा एसएसपीमा बढुवा भएका सहकुल थापा, अरुणकुमार विसी, प्रकाश अधिकारी, सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, किशोरकुमार दाहाल, शेखर कोइराला, प्रदीपकुमार श्रेष्ठ समेत डीआईजी बढुवाको लाइनमा छन् ।
डीआईजी बढुवा समयमै नहुँदा प्रहरीका महत्वपूर्ण विभाग र ६ प्रदेश एसएसपीको भरमा नै छन । प्रहरीमा ७ वटै प्रदेश प्रमुख डीआईजी रहन्छन । यस्तै अन्य महत्वपूर्ण विभाग समेत डीआईजीको कमान्डमा रहने व्यवस्था छ आजको राजधानी दैनिकवाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*