निरन्तर सेवामा हेटौडा अस्पताल

हेटौडा :-निजि अस्पतालहरु धमाधम वन्द भइरहेको अवस्थामा बाग्मती प्रदेशको राजधानी हेटौडाको एकमात्र सरकारी अस्पताल भने सिमित श्रोत साधनका वीच काममा निरन्तर जुटी रहेको पाइएको छ ।
स्वाथ्य उपकरणको अप्रयाप्तता एव सिमित जनशक्तिको विच पनि अनवरत सेवामा लागिरहेको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले वताउनु भयो ।
सिमित श्रोत साधनका विच नियमित सेवा वाहेक पनि फिवर क्लिन एव आइसोलेसन संचालन गरिरहेको अस्पताल विकास समितिका अध्यक्ष पौडेलले वताउनु भयो । हामीसंग सामान्य उपकरण मात्र छन् ,पिपिईको अभावमा स्थानीय स्तरमा समान्य पिपिई जस्तै कपडाको पोशाक निमार्ण गरि काममा खटाउनु परेको छ , यस्तो विषम् अवस्थामा पनि हामी सेवामा जुटिरहेका छौ ,पौडेलले वताउनु भयो ।
हेटौडा अस्पतालको फिवर क्लिनिकमा सामान वोक्न प्रयोग हुने कपडावाट निर्मित पिपिइ लगाएका स्वाथ्यकर्मीहरुकोरोना परीक्षणको पहिलो अवस्थानै फिवर क्लिनिक हो । यसको व्यवस्थापन हेटौडा अस्पतालले मात्र गरेको छ । हेटौडामा भएका नीजि अस्पतालका जनशक्तिलाइ पनि प्रयोगमा ल्याई फिवर क्लिनिक संचालन गरिएको र दैनिक धेरै व्यक्तिले लाभ लिइरहेको अस्पतालका मेसु डा. प्रविण श्रेष्ठले वताउनु भयो । यसैपनि हामी कम जनशक्तिमा छौ । नियमित काम पनि संचालनमै छ यसका अलावा पनि काम अगाडि वडाएका छौ , मेसु श्रेष्ठले वताउनु भयो ।
हेटौडा अस्पतालको फिवर क्लिनिकमा सामान वोक्न प्रयोग हुने कपडावाट निर्मित पिपिइ लगाएका स्वाथ्यकर्मीहरु
हेटौडा अस्पतालमा पिपिईको अभावमा पनि सामान्य पोसाकलाइ पिपिइको रुपमा लगाउदै स्वाथ्यकर्मीहरु सेवामा लागि रहेका छन् यसलाइ प्रोत्सहान गर्दे स्थानीय सरकार, प्रदेश सरकार तथा केन्द्रिय सरकारले सहयोग गर्नु पर्छ , अध्यक्ष पौडेल वताउछन् ।तर सेवामा खटिएका स्वाथ्यकर्मीहरु भने विना शुरक्षाकाममा खटिनु पर्दा त्रसित अवस्थामा रहेका छन् ।
१ जना आइसोलेसनमा
यसैविच हेटौडा अस्पतालले हेटौडा ४ कर्रामा व्यवस्थापन गरेको आइसोलेसनमा विदेशवाट फर्किएका १ जनामात्र मानिस रहेका छन् । भीमफेदी गाउपालिकावाट ल्याइएका उनीको स्वाब टेष्टभने नेगेटिभ रहेका आइसोलेसन इन्चार्ज भोला चौलागाइले वताउनु । उनको परीक्षणमा उनलाइ कोरोना देखिएको छैन , आज डिष्चार्जको तयारी गरिएको छ चौलागाइले भन्नु भयो ।
३ दिनमा २५ वटा कोरोना परीक्षण
बाग्मती प्रदेश सरकारको पहलमा हेटौडाका शुरु गरेको कोरोना परीक्षण ल्यावमा ३ दिनमा २५ वटा टेष्ट सम्पन्न भएको छ । चितवन र हेटौडाको स्वाब परीक्षण गर्दा सवै नतिजा भने कोरोना नभएको आएको छ भने आज पनि ५ वटा टेष्ट गर्ने तयारी गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले वताउनु भयो । पिपिइको अभावको विषयमा आवश्यक पर्दा आफैपनि खरिद गर्न सकिने गरि रकम समेत विनियोजन गरिएको प्रवक्ता सुवेदीले वताउनु भयो ।