हेटौडा अस्पतालमा २०० थान पिपिई प्राप्त

हेटौडा:- कोरोनाको महामारीमा पनि विना पिपिई जोखिममा काम गरिरहेका हेटौडा अस्पतालका स्वाथ्यकर्मीहरुले अव भने त्यसरीकाम गर्न नपर्ने भएको छ ।
पिपिई (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट) अभावमा छाताको कपडावाट वनाएका पिपिइ जस्तो कपडाको पोसाक लगाई काममा खट्ने हेटौडा अस्पतालमा आज २०० थान फुलसेट पिपिई प्राप्त भएपछि अव स्वाथ्यकर्मीहरु शुरक्षाको साथ काममा लाग्न पाउने भएका हुन् ।
विना शुरक्षा काममा खटिएको तथा झोला र छाता वनाउने कपडाको पिपिइ जस्तो पोसाक लगाइ काममा खटिएको समाचार वाग्मती अनलाइन ले प्रकाशन गरेपछि आज २०० थान पिपिइ तथा १० थान आइसियु वेड,त्यसलाइ चाहिने सम्पुर्ण समानहरु आज नेपाल भारत मैत्री संधका केन्द्रिय अध्यक्ष राजकुमार सिन्धी लगायतको टोलीले एक समारोहका विच हस्तान्तरण गरेको फिवर क्लिनीक सन्योजक डा हरि खड्काले वताउनु भयो । पिपिइ प्राप्त भए सगै अशुरक्षित रुपमा प्रयोगमा आएको पिपिइ जस्ता पोसाक विस्थापनको तयारी समेत हेटौडा अस्पतालले गरेको छ ।
अव हामी पनि पुर्ण शुरक्षीत रुपमा काम गर्न पाउने भयो , डा खड्का वताउछन् । यस अगाडि हेटौडा अस्पताल संग जम्मा ५ थानमात्र ओरजिनल पिपिइ रहेको र सो पनि कर्रामा रहेको आइसोलेसन वार्डमा विरामीको स्वाब निकाल्न मात्र प्रयोग गर्ने गरिएको थियो ।निजी अस्पतालहरु वन्द गरि वसेको हालको अवस्थामा हेटौडा अस्पतालले मात्र फिवर क्लिनिक संचालन गर्दे आइरहेको छ । यहा काम गर्ने स्वाथ्यकर्मीहरु विना पिपिइ झोला वनाउने कपडाले निमार्ण गरेको अशुरक्षित पिपिइ प्रयोग गर्दे आएका थिए ।

हेटौडा अस्पतालको फिवर क्लिनिकमा सामान वोक्न प्रयोग हुने कपडावाट निर्मित पिपिइ लगाएका स्वाथ्यकर्मीहरु
हामीलाइ पिपिइ प्राप्त भएको छ । विभिन्न संध संस्थाको सहयोगमा हामीलाइ यो सामानहरु प्राप्त भएको हो , यसले अव उपचारमा हामीलाइ ज्यादै सहयोग प्राप्त भएको छ । यस कार्यमा मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले सन्योजन गरिदिनु भयो । हामीलाइ ज्यादै ठुलो सहयोग भयो , अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल वताउनु भयो ।
अस्पतालमा प्राप्त सामान आज एक समारोहका विच बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले हस्तान्तरण गर्नु भएको हो ।
कोरोनाको पहिलो स्टेज ज्वरो मापन गर्न शुरु गरेको क्लिनीकमा छाताको कपडाले स्थानीय स्तरमा सिलाइ गरेको कपडालाइ पिपिईको रुपमा प्रयोगमा ल्याइएको थियो । अव भने शुरक्षाको साथ काममा लाग्न पाउने भयौ , एकजना स्वाथ्यकर्मी वताउछन् । यस अगाडि पिपिइ भनि रोटरी क्लव अव मकवानपुरले वितरण गरेको कपडाको झोलाको सामान्य पोसाक अशुरक्षित रुपमा प्रयोगमा आएको थियो ।