छाडा पशु पन्छिलाई खानेकुरा वाड्दै छन् हेटौडाका युवा

हेटौडा:- सारा विश्वनै कोरोनाको महामारीमा संक्रमित भइ लगडाउनको अवस्थामा घर परिवारमा वस्दा मानिसलाइ त खानेकुराको अभाव भइरहेको अवस्थामा अझ छाडा छोडिएको कुकुर विरालो तथा वांदरहरुको वारेमा सोच्ने फुर्सद कसलाइ होला ?तर हेटौडाका केही युवाहरुले भने यस्ता जनावरहरुलाइ खानेकुरा वाड्न व्यस्त देखिएका छन् ।
खाध्यान्न समस्या मानिसलाइ मात्र होइन , सवैलाइ हुन्छ ,यो प्रकृतिमा सवैलाइ वाच्न पाउने अधिकार छ तर खानेकुराको अभावमा कसरी वाच्न सक्छन् कल्पना गरौ त , यस्तै समस्यामा परेका जनावरलाइ खानेकुरा पुर्याउने अभियानमा लागेका छन् हेटौडाका ४ युवाहरु विप्लव पौडेल,सुधिर पौडेल,मनोहर खतिवडा, रवि रिजालहरु ।
दैनिक रुपमा हेटौडा छाडा छोडेका कुकुर, मन्दिरमा भएका परेवा तथा वादरलाइ खानेकुरा, कुकुरलाइ कुखुराको मासु, परेवाहरुलाइ चारा तथा वादरलाइ विष्कुट दिने गरिएको अभियानकर्ता विप्लव पौडेलले वताउनु भयो ।
दैनिक रुपमा ११ देखि ३ वजेको समयमा विभिन्न स्थानमा पुगेर छाडा कुकुरलाइ मासु तथा हड्डी , मन्दिरहरुमा गएर परेवा तथा पन्छिहरुलाइ चामल तथा गेडागुडीको चारो तथा भुटनदेवि मन्दिर छेउछाउ गएर वादरलाइ विष्कुट दिने गरिएको वताइएको छ । फिडिग प्रोगाम टु भ्वाइसलेस नाम दिइएको कार्यक्रमले दैनिक १ सय भन्दा वढी कुकुर ,विरालो तथा सय भन्दा वढी वादरलाइ खाने कुरा वाढीएको वताइन्छ ।
अन्य समयमा मन्दिरमा भक्तजनहरु जाने र पशुपन्छिले खान पाउने भएपनि लकडाउनको समयमा मन्दिरसमेत वन्द हुने र भक्तजन नगएको कारण पशुपन्छिहरु खानाको अभाव भएकोले कार्यक्रम शुरुवात गरिएको हो ।