कोरोना कहर:- मर्नेको संख्या ९५ हजार नाध्यो

बाग्मती खबर
२८ चैत्र २०७६, शुक्रबार ०७:२८

काठमान्डौ:- विश्व महामारी कोरोना भाइरस ९कोभिड–१९० संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ९५ हजार ७१७ पुगेको छ। त्यस्तै हालसम्म १५ लाख ९५ हजार ३५० जनामा संक्रमण पुष्टि भइसकेको छ।

संक्रमितमध्ये ३ लाख ५४ हजार ६ जना निको भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा रहेको छ। निको हुनेमा सबभन्दा बढी चीनमा ७७ हजार ६७९ रहेका छन्।

यसैगरी अमेरिकामा थप १ हजार ९०० को ज्यान गएको छ। यससँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ हजार ४७८ पुगेको छ। त्यस्तै ४ लाख ६२ हजार १३५ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये २५ हजार ४१० निको भएका छन्।

पछिल्लो समय फ्रान्समा भाइरस तीव्र रूपमा फैलिरहेको छ। त्यहाँ एकैदिन १ हजार ३४१ ले ज्यान गुमाएका छन्। यससँगै ज्यान गुमाउनेको संख्या १२ हजार २२८ पुगेको छ। त्यस्तै १ लाख १८ हजार ७८१ मा संक्रमण पुष्टि भएको छ।

स्पेनमा थप ५ हजार २ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै थप ६५५ जनाको ज्यान गएको छ। यससँगै स्पेनमा ज्यान गुमाउनेको संख्या १५ हजार ४४७ पुगेको छ।

यता इटालीमा भने लगातार संक्रमण न्यून हुँदै गइरहेको छ। पछिल्लो २४ घण्टामा थप ४ हजार २०४ मा संक्रमण पुष्टि भएको छ। यससँगै १ लाख ४३ हजार ६२६ मा संक्रमण भइसकेको छ। त्यस्तै इटालीमा थप ६१० जनाको मृत्यु भएसँगै मृतक संख्या १८ हजार २७९ पुगेको छ।

(स्रोतस् जोन्स हप्किन्स विश्वविद्यालय)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*