पर्साका सांसद सहित २ पत्रकार क्वारेन्टाइनमा

काठमाडौँ:- अनाधिकृत रुपमा भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किएका संघीय सांसद प्रदीप यादवलाई गृहमन्त्रालयले क्वारेन्टाइनमा राख्न जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिएको छ ।
बिहीबार गृहमन्त्रालयले समाजवादी पार्टी नेपालका सांसद रहेका यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिइएको गृहमन्त्रालयका उपसचिव तथा सूचना अधिकारी उमाकान्त आधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार सांसद यादवले भारतीय क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर फर्किएपछि कानुनले तोकेबमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न सिडिओ कार्यालय पर्सालाई निर्देशन दिइएको हो ।
सांसद यादवसँग पत्रकार रितेश त्रिपाठी, अनिल तिवार र उनका निजी चालक हिरामन पटेल पनि भारत गएका थिए । उनीहरुलाई पनि होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ ।