हेटौडाका अधिकाशं उधोग वन्द

हेटौडा:- विश्वभर फैलिएको कोराना भाइरस संक्रमण र सरकारले लागु गरेको लक डाउनको कारण क्षेत्रफलको हिसावले नेपालकै सवैभन्दा ठुलो औधोगिक क्षेत्रको २० वटा उधोगमात्र आशिंक रुपमा संचालनमा आइरहेको छ ।
यहा संचालनमा रहेको ११० वटा उधोगमध्ये २० वटा उधोगमात्र आशिंक रुपमा कुनै एक सिफ्टमात्र संचानमा रहेको उधोगसंध मकवानपुरका अध्यक्ष लेखराज पोखरेले वताउनु भयो । कच्चा पदार्थ, मजदुरको आवास नभएको तथा विक्रीसमेत नभएको कारण उधोग संचालनमा नआएको अध्यक्ष पोखरेलले वताउनु भयो । यसरी उधोग वन्दहुदा यहाका उधोगहरुले दैनिक ३० करोडको क्षति व्यहोर्नु पर्ने अवस्था आएको छ । चलेका उधोगहरुमा पनि केही सामान्य १ सिफ्टमा मात्र चलेका छन् । चलेका उधोगहरुमा दाना, पास्ता लगायतका उधोगहरु रहेको उधोग संध मकवानपुरले वताएको छ । हाल संचालनमा रहेका उधोगको ज्यादै न्युन हो ।
औद्योगिक क्षेत्रभित्रका सबै उद्योग निरन्तर सञ्चालन हुँदा मासिक १ अर्ब राजस्व बुझाउँदै आएका छन् । यो सवै वन्द अवस्थामा छ । उधोग चलेका छैनन, चलेका उधोगले उत्पादन वजारमा लान सकेको छैन , उधोगहरु वचाउन सरकालले नया नीति ल्याउन जरुरी छ , उधोग संध मकवानपुरका निवर्तमान अध्यक्ष नवराज अर्यालले वताउनु भयो। यहाका एशियन। पेन्ट्स। वर्जर पेन्ट्स, युनिलिभर जस्ता वहुराष्ट्यि उधोगको उत्पादन पुर्ण ठप्प भएका छन् ।
एक उद्योगले दैनिक औसत ३ करोड ३० लाख कारोबार गर्दाकरिब २७ लाख मुनाफा हुने अनुमान गरिएको छ ।उद्योगीले यस्तो नोक्सान भूकम्प र नाकाबन्दीपछि पहिलो पटक भोग्नुपरेको उधोगीहरुले गुनासो गरेका छन् ।
लकडाउनको अवधि बढेमा वा कोरोनाको संक्रमण अझ बढी फैलिएमा केही उद्योग सधैँका लागि बन्द हुनसक्ने सक्ने अवस्थामा पुगेका छन् । तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याउनुपर्ने र बजारमा मागअनुसार उत्पादित वस्तु लैजान नसक्ने अवस्थाका कारण साना लगानीका केही उद्योग बन्द हुनसक्ने उनको दाबी छ ।
बैंकको ब्याज र विधुत शुल्क छुट माग
लकडाउनपछि उद्योग पूर्ण रूपमा बन्द हुँदा हेटौँडा औद्योगिक क्षेत्रभित्रका उद्योगीहरू चिन्तित छन् । बैंकमा बुझाउनुपर्ने मासिक किस्ता, ब्याज र कर्मचारीलाई दिने तलब कसरी व्यवस्था गर्नेबारे चिन्तित भएको उद्योगीहरू बताउँछन् । सरकारले विपद्का कारण बन्द भएका उद्योगहरूका लागि ब्याजमा सहुलियत र विशेष प्याकेज नल्याए आफूहरूको स्थिति नाजुक हुने उनीहरूको गुनासो छ । नेपाल विधुत प्राधिकरणले डिमान्ड शुल्क लिइ आएकोमा यो रकम लकडाउन अवधीभरमा छुट गरि उधोगलाइ वाच्न सक्ने अवस्था श्रृजना गर्न पनि उधोगीहरुको माग छ । सरकारले हामीलाइ ऋणको पनि रि सेडियुल गरि व्यवसायीलाइ सहज गरिनु पर्दछ सिएनआइ बाग्मती प्रदेशका सन्योजक ऋषिराम घिमिरले वताउनु भयो ।
उद्योगीहरूले उद्योग सञ्चालन नहुँदा बैंकमा बुझाउने किस्तासँगै कर्मचारी र मजदुरलाई कसरी तलब दिनेबारे आफूहरू अन्योल भएको गुनासो संघमा राख्दै आएका छन् । उनीहरूले सरकारले ब्याजमा सहुलियतसँगै विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।
करिव ५ हजार मजदुर कामविहीन
मझौला र ठूला उद्योगमा कार्यरत करिव ५ हजार मजदुर कामविहीन भएका छन् ।लकडाउनपछि हेटौँडा औद्योगिक क्षेत्रभित्रका उद्योग क्रमशः बन्द हुँदा मजदुरहरू कामविहीन भएका हुन् ।मासिक तलब आउने भएपनि कामविहीन हुँदा मजदुरहरू समस्यामा परेको औद्योगिक क्षेत्र मजदुर संघले जनाएको छ ।
उद्योग बन्द हुँदा तलब आउने–नआउनेसमेत अन्योल हुँदा मजदुर थप समस्यामा परेको संघको दाबी छ । कामविहीन बनेका र समस्यामा परेका मजदुरका लागि सरकारले तत्काल केही व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुरका लागि राहत बाँडिएपनि रकम अभाव हुँदा आवश्यक सामग्री खरिद गर्न नसकिएको निर्माण सम्बद्ध श्रमिक संघले जनाएको छ ।