नेपालमा कोरोना भाइरसको संक्रमण किन कम देखियो ! यस्ता छन् ५ कारण :

बाग्मती खबर
२९ चैत्र २०७६, शनिबार १०:३१

एजेन्सी । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहदा यो संकटकबाट अहिले सम्म १ लाख भन्दा बढी मानिसले अकालमा ज्यान गुमाईसकेका छन् । १७ लाख भन्दा बढी संक्रमित छन् ।

यसको रोकथामका लागि विभिन्न सतर्कता अपनाईएपनि यसको संक्रमण दिन प्रति दिन फैलिदो छ । विभिन्न विकसित राष्ट्रहरू पनि कोरोनाको महामारीबाट धेरै प्रभावित भएको बेला नेपालमा सङ्क्रमण निकै कम देखिएको छ । सरकारी तथ्याङ्कअनुसार हालसम्म नेपालमा नौ जना व्यक्तिमा मात्र कोरोनाभाइरस सङ्क्रमण देखिएको आधिकारिक तथ्याङ्क छ।

त्यसमध्ये एक जना निको भइसकेका छन् भने आठ जनालाई विभिन्न स्थानमा आइसोलेशनमा राखेर उपचार गरिँदैछ। नेपालमा भेटिएका सङ्क्रमितमध्ये आठ जना विदेशबाट आएका छन् भने एक जना सङ्क्रमित व्यक्तिकी परिवारकी सदस्य हुन्।

थ्भतष् म्ष्ष्कतष्ििभचथ
लष्अ बकष्ब

नेपालको स्वास्थ्य सेवाको अवस्था र सुरुमै नेपालले विदेशबाट आउने नागरिक तथा विदेशीहरूलाई क्वारन्टीनमा नराखेकाले अरू व्यक्ति पनि सङ्क्रमित भएको हुन सक्ने आशंका पनि केही जनस्वास्थ्यविज्ञहरुको छ। नेपालमा अहिलेसम्म कुनै पनि एउटा स्थानमा एकै खाले लक्षण देखिएर धेरै मानिस बिरामी भएको वा तिनको मृत्यु भएको नदेखिएकाले त्यस्तो आशङ्का पुष्टि गर्न नसकिने तर्क गर्छन्। नेपालमा कोरोनाभाइरस सङ्क्रमण धेरै नदेखिनुमा विभिन्न कारण मध्ये विज्ञहरुले यि ५ कारण औल्याउछन् ।

ति ५ कारण यस्ता छन

१) पर्याप्त मात्रामा परीक्षण नै नहुनु
चिकित्सकहरूले नेपालमा परीक्षण नै कम भएका कारण सङ्क्रमितको सङ्ख्या कम देखिएको बताउछन् । उनीहरूका भनाइमा जति परीक्षण भएको छ त्यसको आधारमा नेपालमा कोरोनाभाइरस धेरै फैलिएको छैन भन्ने अवस्था नरहेको औंल्याउछन् । स्वास्थ मन्त्रालयका अनुसार शुक्रबार सम्म कुल ३ हजार ५ सय २४ वटा वटा नमुनाको परीक्षण गरिएको छ।त्यसमध्ये नौवटा मात्र सङ्क्रमण देखियो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वप्रमुख डा। बाबुराम मरासिनी नेपालमा परीक्षणको गति र सङ्ख्या बढाउनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘यो कुरा त हामीले सुरुदेखि नै भनिरहेका छौँ। विशेषगरी जनवरी देखि नेपालमा धेरै पर्यटकहरू आए त्यसबेला नै नेपालमा धेरैमा सङ्क्रमण भएको हुन सक्छ।’ त्यस्तो सङ्क्रमण समयक्रममा आफैँ निको भएर गएको हुन सक्ने उनको भनाइ छ।

नेपाल जर्नल अफ एपिडिमियोलोजीुमा हालै प्रकाशित एउटा लेखमा पनि नेपालमा परीक्षण नै कम भएको उल्लेख गरिएको छ।नेपाली र विदेशी गरी छ चिकित्सकले लेखेको उक्त लेखमा ूपरीक्षणको अभावमा थोरै मानिसहरूको मात्र सङ्क्रमण पत्ता लागेको हुन सक्नेू उल्लेख छ। यसरी कम परीक्षण हुनुमा परीक्षण काठमाण्डू ९केन्द्रित हुनु, परीक्षण गर्ने सामग्री, किट र उपकरणको अभाव र चिकित्सकहरूले नमुना लिन नमान्नु० कारण भएको चिकित्सकहरू बताउछन् ।

केही दिनअघिदेखि काठमाण्डूबाहिर पनि परीक्षण सेवा विस्तार गरेको छ भने तीव्र रूपमा परीक्षण पनि हुँदै आएको छ। उपत्यकाबाहिर सेवा विस्तार गरिए पनि लक्षण देखिएका व्यक्तिबाट नमुना सङ्कलन गर्न धेरै स्वास्थ्यकर्मी तत्पर देखिएका छैनन्। त्यसको उदाहरण दिँदै आफ्नो नाम सार्वजनिक गर्न नचाहने एक चिकित्सकले भने, ‘सुदूरपश्चिममा भेटिएका सङ्क्रमितहरूको ुस्वाबु लिनका लागि त्यहाँका चिकित्सकले नमानेपछि नेपाली सेनाका चिकित्सक पठाएर लिइएको थियो।’ अझै पनि चिकित्सकहरू नमुना लिन तत्पर छैनन्। त्यसैले नमुना सङ्कलन र परीक्षण बढाउने भनेर मात्र हुँदैन।

२) नेपालीको जीवनशैली

कतिपय चिकित्सकहरूले नेपालीहरूको जीवनशैलीका कारण पनि कोरोनाभाइरसको सङ्क्रमण धेरै नफैलिएको हुन सक्ने तर्क गरेका छन्। तर उनीहरूकै भनाइमा यसबारे विस्तृत अध्ययन नभई ठोकुवा गर्न भने सकिँदैन। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा। शेरबहादुर पुन पनि नेपाली जीवनशैलीका कारण कम सङ्क्रमण भएको हुन सक्ने ठान्छन्।

उनले विभिन्न पत्रपत्रिकामा आलेख नै प्रकाशित गरेर नेपाली जीवनशैलीको प्रभावले कोरोनाभाइरस फैलिने सञ्जाल भत्किएको टिप्पणी गरेका छन्। उनले भने, ूहामी धेरै पानी खेलाउने रहेछौँ अनि खानेकुराहरू पनि धेरै पकाएर खान्छौँ। त्यस्तै हात मिलाउने, अङ्कमाल गर्ने वा म्वाइँ खाने चलन पनि हाम्रोमा कमै छ।

यस्ता क्रियाकलापले कोरोनाभाइरस फैलिनबाट रोकेको हुन सक्छ। उनले नेपालमा विगतमा सार्स र स्वाइन फ्लूको सङ्क्रमण पनि अन्यत्रजस्तो नदेखिएको स्मरण गर्दै अन्यत्रको तुलनामा भारतमा पनि सङ्क्रमण फैलिने दर कम भएको बताए। पुनले भने–‘हाम्रो खानपान र जीवनशैलीले कोरोनाभाइरस फैलिने साङ्लोलाई कतै न कतै चुँडाइरहेको छ भन्ने एउटा दरिलो तर्क हो।’

३) नेपालीको प्रतिरक्षा प्रणाली ‘बलियो’ हुनु

नेपालीहरूमा रहेको औसत प्रतिरक्षा प्रणाली अन्यको तुलनामा फरक भएकाले पनि कोरोनाभाइरस सङ्क्रमण कम भएको हुन सक्ने विज्ञहरु औंल्याउछन् । परीक्षण कम भएको अवस्थामा भए पनि नेपालमा कोरोनाभाइरससँग मिल्दोजुल्दो सङ्क्रमण एउटै टोल वा गाउँमा फैलिएको खबर अहिलेसम्म नआएको कुराले त्यसलाई पुष्टि गर्ने उनीहरूको तर्क छ।

उनीहरूका बुझाइमा कोरोनाभाइरस फैलिएकै भए पनि नेपालीहरूको प्रतिरक्षा प्रणालीका कारण सामान्य लक्षणहरू मात्र देखिँदा धेरै अस्पतालसम्म नपुगेका हुन सक्छन्।डा। मरासिनी भन्छन्, ‘कतिपय रोगसँग लड्ने क्षमता जाति अनुसार फरक हुने गर्छ। त्यसबारे धेरै अध्ययन अनुसन्धान पनि भएका छन्। अमेरिकामा पनि गोरा र काला जातिबीच कुनै एउटा रोगसँग लड्ने क्षमता कम र बढी पाइएको छ।’ अर्को उदाहरण हेर्ने हो भने थाईल्यान्डमा दादुरालाई खासै ठूलो रोगै मानिँदैन।

त्यहाँका मानिसहरूले त्यसलाई पचाएको जस्तो देखिन्छ। तर हाम्रोमै दादुरा निकै घातक पनि भएको छ। डा। पुन चाहिँ हाल नेपालमा भेटिएका नौ जना सङ्क्रमितमा एकदमै सामान्य खालका लक्षणहरू मात्र देखिनुलाई त्यसको गतिलो प्रमाण मान्छन्। उनी भन्छन्, ‘नेपालमा देखिएका ९ जनामै किन मध्यम लक्षणहरू मात्र देखियो त रु अहिले टेकुमै हामीले उपचार गरिरहेका बिरामीहरूलाई पनि हामीले राख्नैपर्ने भएकाले मात्र राखेका हौँ। अन्य रोग लागेको थियो भने उहाँहरूलाई घरै पठाइसक्थ्यौँ। कसैमा पनि कुनै गम्भीर लक्षण नै देखिएको छैन।

तर यसमा नेपालीहरूको प्रतिरक्षा प्रणालीले कति भूमिका खेलेको छ भन्ने चाहिँ अनुसन्धानकै विषय भएको उनले बताए।पुनका अनुसार नेपालीका लागि कोरोनाभाइरस नौलो पनि होइन। किनकि कोरोनाभाइरस भाइरसको एउटा प्रजाति हो र अहिलेको भाइरस सातौँ नम्बरको हो । उक्त भाइरस मध्यपूर्वमा मात्र धेरै फैलिएकाले त्यहाँ काम गर्ने धेरै नेपालीमार्फत् नेपाल आएको हुन सक्ने डा। पुनको अनुमान छ। तर त्यसको परीक्षण नगरिँदा नेपालमा नभेटिएको र नेपालीले उक्त भाइरसलाई परास्त गरेको हुन सक्ने उनको धारणा छ।

४) बीसीजी खोपको प्रभाव

क्षयरोगबाट बच्नका लागि बीसीजी खोप दिने गरिन्छ। कोरोनाभाइरस सङ्क्रमण फैलिएपछि अहिले उक्त खोपलाई लिएर विश्वभरि नै बहस चलिरहेको छ। कुनकुन रोग विश्वव्यापी महामारी बनेका थिए । जर्नलहरुका अनुसार हालैको एउटा समीक्षा हुन बाँकी अध्ययनले जुन देशहरूमा बीसीजी खोप दिइएको थियो ती देशहरूमा कोरोनाभाइरस सङ्क्रमण कम देखिएको जनाएको छ।

नेपालमा पनि बालबालिकाहरूलाई यो खोप अनिवार्य रूपमा लगाइदिने गरिन्छ।त्यसले गर्दा पनि नेपालमा सङ्क्रमण कम फैलिएको र सङ्क्रमितहरूलाई पनि उक्त खोपको प्रभावका कारण सामान्य लक्षणहरू मात्र देखिएको हुनसक्ने विज्ञहरूको भनाइ छ।

डा।मरासिनी भन्छन्, ‘यो विषय त अहिले सबैतिर चर्चामा आयो। खासगरी युरोप र अमेरिकामा यो मात्र नभई अन्य खोपहरू पनि लगाउने चलन कम छ। नेपालमा भने हामीले अनिवार्य नै खोप लगाउँछौँ। त्यसको प्रभाव पनि हुनसक्छ।’

५) भाइरस फैलाउने पूर्वाधार नै कम हुनु

विशेषगरी कम विकसित देशमा कोरोनाभाइरसको सङ्क्रमण निकै कम देखिनुको अर्को कारण भनेको भाइरस फैलाउन सहयोग गर्ने खालका सहरी पूर्वाधारकै कमी हुन सक्ने पनि चिकित्सकहरूको तर्क छ। एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*