‘आरडीटी’ किट खासमा कति ठीक ?

बाग्मती खबर
३० चैत्र २०७६, आईतवार ०७:२८

काठमाडौँ — ओम्‍नी ग्रुपबाट विवादास्पद ढंगले किनिएको ७५ हजार र्‍यापिड डायग्‍नोस्टिक टेस्ट ९आरडीटी० किट प्रयोग गरेर सरकारले कोरोना भाइरस ९कोभिड–१९० को आम परीक्षण सुरु गरेको छ । तर यसको विश्वसनीयतामाथि सम्बन्धित विज्ञहरुले सन्देह प्रकट गरेका छन् ।हाल प्रयोगमा ल्याइएको आरडीटी किट चीनको ग्वान्जाउ वण्डफो बायोटेक कम्पनीले उत्पादन गरेको ‘वण्डफो’ नामक ब्राण्डको हो। यो किटले सामान्य भाषामा भन्नुपर्दा शरीरमा भाइरसको संक्रमण भएपछि उत्पादन हुने एन्टिबडी भएरनभएको निर्क्योल गर्छ। र, त्यो परीक्षणको नतिजा सकारात्मक भए शरीरमा संक्रमण छ भन्ने हो। यद्यपि यस्ता किटहरुको विश्वसनियताबारे विश्वभर नै प्रश्न उठिरहेका छन्।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक सर जोन बेलले बेलायतमा आयात गरिएका कुनै पनि आरडीटी किट काम लाग्ने नभएको प्रतिक्रिया दिएका छन्। त्यसमा अर्का प्रोफेसर जोन न्यूटनल पनि सहमति जनाएका छन्। उनी बेलायती जनस्वास्थ्यको कोभिड(१९ परिक्षणको प्रमुख हुन्। त्यसमा नेपालमा आयात गरेर अहिले प्रयोगमा ल्याइएको वण्डफो पनि छ।

वण्डफोले ल्याट्रल फ्लो विधिबाट शरीरमा कोभिड–१९ को संक्रमण भएरनभएको पत्ता लगाउँछ। कम्पनीको दाबीअनुसार यसले दिने परिणाम लगभग ९१ प्रतिशत सही हुन्छ। तर, यसले दिने परिणाम केही परिस्थितिमा भर पर्छ। जस्तो कि शरीरमा कोभिड–१९ को संक्रमण भएको कम्तीमा तीन दिनपछि मात्रै वण्डफोमा गरिएको परीक्षण सही हुने दर बढ्छ। तर केहीमा भने सात दिनपछि गरिएको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आउने गरेको छ।

संक्रामक रोग विशेषज्ञ डा।अनुप सुवेदी वण्डफोले आफ्नो किटले ९१ प्रतिशत सही रिपोर्ट दिने भनेर गरेको दाबी मान्न तयार भएनन्। उनका अनुसार, अन्य संक्रामक रोगहरुको परीक्षण गर्ने किटहरुले पनि यस्तै दाबी गर्ने गरे पनि त्यसको सही हुने दर भने निकै कम छ। ‘मलेरियालगायत परीक्षण गर्ने किट उत्पादन गर्ने कम्पनीले पनि यस्तै दाबी गर्छन्, तर वास्तविक रुपमा त्यो मिल्दैन,’ सुवेदीले भने।

यस्तै मोलिक्यूलर बायोलोजीका अनुसन्धानकर्ता डा।सन्तोष दुलालका भनाइमा, किटको परीक्षणलाई अनुसन्धानका लागि प्रयोग गरिए पनि कुनै व्यक्तिको परीक्षण गरेर घर पठाउनेरनपठाउने निर्णय गर्न यस्ता किटको प्रयोग उचित होइन। ‘विश्व स्वास्थ्य संगठनले नै पोइन्ट अफ केयर इम्युनोडायग्नोस्टिक टेस्टको प्रयोग अनुसन्धान प्रयोजनका लागि मात्रै गरिनुपर्छ भनेर भनेको छ,’ उनले थपे।

एन्टिबडी पत्ता लगाउने आरडीटीले ‘इम्यूनोग्लोब्यूलिन–एम’ वा ‘इम्यूनोग्लोब्यूलिन–जी’ रगतमा भएरनभएको हेर्ने हो। इम्यूनोग्लोब्यूलिन–एम भनेको शरीरमा संक्रमण भएको थोरैमा पनि तीन दिनपछि मात्रै उत्पादन सुरु हुन्छ। अनि संक्रमण भएको केही सातापछि ९थोरैमा पनि दुई साता० इम्यूनोग्लोब्यूलिन–एमको स्थानमा शरीरले इम्यूनोग्लोब्यूलिन–जी निकाल्न थाल्छ।

सामान्य रुपमा बुझ्दा शरीरमा इम्यूनोग्लोब्यूलिन–एम देखिनु भनेको संक्रमणको सुरुवाती अवस्था हो भने इम्यूनोग्लोब्यूलिन–जी देखिएमा संक्रमण भएर पनि त्यसविरुद्ध शरीरमा प्रतिरोधी क्षमता विकास भएको भन्ने बुझिन्छ। दुवै देखिएको खण्डमा भने शरीर संक्रमणमुक्त भई नसकेको अवस्था हो।

कान्तिपुरलाई प्राप्त वण्डफो किटको म्यानुअल हामीले काठमाडौंका एक स्थापित माइक्रोबायोलोजिस्टलाई अध्ययन गर्न दिएका थियौं। उनले दिएको जानकारीअनुसार, उक्त किटले इम्यूनोग्लोब्यूलिन–एम र इम्यूनोग्लोब्यूलिन–जी दुवैमा उत्तिकै संवदेनशील भएर प्रतिक्रिया दिन्छ। यसरी दुवै एन्टिबडीमा प्रतिक्रिया देखाएर सकारात्मक नतिजा दिँदा पक्कापक्की गर्न शंकास्पद व्यक्तिको पीसीआर ९पोलिमर चेन रियाक्सन० परिक्षण नै गर्नुपर्छ।

किटको उपादेयता, विशेषता तथा यसको ‘भ्यालिडेसन’बारे हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा। रुणा झासँग प्रतिक्रिया माग गर्दा उनले यसबारे कुनै पनि जानकारी दिन नसक्ने बताइन्। ‘मैले यसबारे केही बोल्न मिल्दैन। यति भन्छु, किटले एन्टिबडी टेस्ट गर्ने हो। त्यसभन्दा बढी मलाई नसोध्नुस्,’ उनले भनिन्।

एउटा सरकारी अस्पतालमा कोभिड–१९ उपचारकै लागि प्रमुख तोकिएका एक चिकित्सकका अनुसार, शंकास्पद बिरामीमा इम्यूनोग्लोब्यूलिन–एम ‘पोजिटिभ’ देखिए त्यस्ता बिरामीलाई तुरुन्तै ‘आइसोलेसन’मा राखेर उपचार सुरु गर्नुपर्छ र त्यस्ता बिरामीको उपचारमा खटिने चिकित्सकले सम्पूर्ण प्रोटोकलको पालना गर्नुपर्छ।

अर्कोतर्फ, इम्यूनोग्लोब्यूलिन–जी ‘पोजिटिभ’ देखिएको खण्डमा भने उक्त व्यक्तिलाई घरमै आइसोलेसनमा बस्न सुझाव दिन सकिने उनले तर्क गरे। ‘इम्यूनोग्लोब्यूलिन–एम पोजिटिभ भएका बिरामीको उपचारको लागि जति हतार गर्नुपर्छ, इम्यूनोग्लोब्यूलिन–जी पोजिटिभ देखिएका बिरामीलाई उपचार आवश्यक नपर्न पनि सक्छ,’ उनले भने, ‘यो एम र जी दुवै पोजिटिभ छ भनेचाँहि अवस्था हेरेर निर्णय लिने हो।’

नाम सार्वजनिक गर्न नचाहने ती चिकित्सकका अनुसार, हालसम्म पनि कोभिड–१९ कसरी सर्छ वा कति अवधिपछि यसबाट संक्रमित भएका व्यक्तिले अरुलाई संक्रमित बनाउँदैनन् भन्ने यकिन नभएको अवस्थामा एन्टिबडी टेस्टको रिपोर्ट निकै महत्वपूर्ण हुन्छ। उनले भोलिका दिनमा बिरामी धेरै देखिएको अवस्थामा कसको उपचार कसरी गर्ने भनेर निर्णयका लागि एम र जी दुवैका एन्टिबडी भिन्दाभिन्दै रुपमा परीक्षण गर्न मिलेको भए अझ बढी उपयुक्त हुने बताए।

‘सरकारले यो कुरा ख्याल गरेर इम्यूनोग्लोब्यूलिन–एम वा इम्यूनोग्लोब्यूलिन–जी दुवैथरी परीक्षण गर्न मिल्ने आरडीटी खरिद गरेको भए मास टेस्टिङ गर्दा कुन पोजिटिभ देखियो र अब के गर्ने भन्ने योजना बनाउन सकिन्थ्यो,’ उनले थपे।

डा।अनुप सुवेदीका अनुसार पनि उपचार गर्ने चिकित्सकले बिरामीका बारेमा धेरैभन्दा धेरै जानकारी पाए नै उपचार गर्न सहज हुन्छ। उनले भने, ‘कोभिड–१९ जस्तो संक्रामक रोगको उपचारका लागि त सकेसम्म बढी जानकारी प्राप्त भएको राम्रो हो।’

सरकारले लकडाउन गरेको तीनसाता पुग्न लागेको अवस्थामा क्वारेन्टाइनमा राखिएका सबैजनाको आरडीटीबाट परीक्षण गर्दा धेरैको पोजिटिभ नतिजा प्राप्त भएको खण्डमा झनै ठूलो हाहाकार मच्चिनेमा दुईमत छैन। सरकारले मास टेस्टिङका लागि प्रयोग गरिने किटको उपादेयता र विशेषताबारे पहिले नै जानकारी राखेर खरिद गरेको भए अवस्थालाई भिन्न बनाउन सकिन्थ्यो।

‘क्वारेन्टाइनमा बसेका तथा समुदायमा गरिएका परिक्षणमा धेरैजनामा पोजिटिभ केस नदेखिए त्यो सबैभन्दा राम्रो हो,’ ती सरकारी चिकित्सकले भने, ‘तर धेरैमा देखियो र पीसीआर गर्नुपर्‍यो उनीहरु सबैलाई आइसोलेसनमा राख्नुपर्ने हुन्छ।’

उनका अनुसार अन्तिम व्यक्ति नाकाबाट छिरेको पनि दुई हप्ता बढी भइसकेको अवस्थामा सामान्य रुपमा संक्रमित भएकाहरुको शरीरमा इम्यूनोग्लोब्यूलिन–जी बन्न थालिसकेको हुन्छ। यस्तोमा उनीहरुलाई उपचार आवश्यक हुँदैन। तर उनीहरुको पीसीआर गर्दा रिपोर्ट नेगेटिभ आउने सम्भावना रहन्छ, जसका कारण संक्रमण सार्न सक्ने अवस्था रहँदारहँदै पनि त्यस्ता व्यक्तिलाई क्वारेन्टाइनबाट बाहिर निस्कन अनुमति दिइन सक्छ, जुन आफैंमा गम्भीर विषय हो।

अनुसन्धानकर्ता डा। सन्तोष दुलालका अनुसार आरडीटीमा परीक्षण गर्दा पोजिटिभ देखिने र पीसीआरमा गर्दा नेगेटिभ देखिनुको भनेको इम्यूनोग्लोब्यूलिन–जी पोजिटिभ थियो कि भन्ने हुन्छ। केही अध्ययन रिपोर्टहरुले शरीरमा एन्टिबडी इम्यूनोग्लोब्यूलिन–जी उत्पादन भइसकेको अवस्थामा पनि त्यस्ता व्यक्तिहरुले अन्य व्यक्तिलाई संक्रमित बनाएको देखाएका छन्।

यो आरडीटी किटले संक्रमित भएको थोरैमा पनि तीन दिनपछि मात्रै सही नतिजा दिनसक्छ। त्यसमा पोजिटिभ रिपोर्ट आएको खण्डमा पीसीआरबाट निर्क्योल गर्नैपर्ने बाध्यता रहन्छ। यसले गर्दा नेपालले समग्रमा मास टेस्टिङ गर्ने किट खरिद गरेर परीक्षण गर्न सुरु गरे पनि कोभिड–१९ विरुद्धको अभियानमा अझ जटिलता कायमै रहेको जानकारहरुको धारणा छ। आजको कान्तिपुर दैनिकमा खवर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*